+
+

लगानी बढाउन तीन तहकै सरकारको समन्वय आवश्यक छः उपाध्यक्ष ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २ गते १९:१७

२ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललेस्वदेशी र विदेशी लगानी आकर्षित गर्न तीन तहकै सरकारले आपसी समन्वयमा लगानीको वातावरण बनाउनुपर्ने बताएका छन् ।

शुक्रबारदेखि सुरुभएको खोटाङ्ग महोत्सवलाई सम्बोधन गर्दै ढकालले नयाँ संघीय संरचना अनुसार तीन तहको संरचनाले व्यवसायिक वातावरणमा समस्या परेको बताउँदै यसलाई समाधान गरेर मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने बताएका हुन् ।

उनले नेपालको प्रदेश नं. १ जडिबुटी, कृषि, पर्यटन, जलविद्युत, खनिज तथा जैविक विविधतामा धेरै नै सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै यस्तो सम्भावनाका क्षेत्रमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानीहरु भित्र्याउन लगानीमैत्री वातावरण बनाउन आग्रह गरे ।

स्थानीयस्तरमा गरिने यस्ता मेला महोत्सवले स्थानीय सीप तथा उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय पदाधिकारीहरु, जिल्लानगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी लगायत स्थानीयवासीको ठूलो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?