+
+

सरकारमा जानु भूल थियो, अब राप्रपालाई आदर्शवादी बनाउँछु : कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ३ गते २१:३८

३ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विगतमा कांग्रेस, एमालेलगायतको सरकारमा सहभागी भएर आफ्नो पार्टीले गल्ती गरेको स्वीकारेका छन् । विगतमा त्रुटि भएकाले त्यसलाई सच्याएर आदर्शवादी र निष्ठावान पार्टी बनाउने प्रतिबद्धता उनले व्यक्त गरे ।

‘हामीले तातै खाऔं भनेर अलि हतार गर्यौं, सरकारमा गएको आलोचना भयो, जनताले मन पराएनन्,’ । काठमाडौं -५ क्षेत्रीय समितिद्वारा आयोजित कार्यक्रममा थापाले भने, ‘विगतको गल्ती त्रुटि कमजोरीलाई सुधारेर अब राप्रपालाई सिद्धान्तनिष्ठ र आदर्शवादी पार्टी बनाउँछौं ।’

मुलुकको धरातलीय यथार्थलाई मध्यनजर गर्दा राप्रपाले बोकेको नीति, विचार र मार्गचित्र उपयुक्त देखिएको दाबी पनि उनले उक्त अवसरमा गरे । कांग्रेस, कम्युनिस्टले अवसर पाएर पनि केही गर्न नसकेकाले यिनको विकल्पमा राप्रपालाई स्थापित गराउनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?