Comments Add Comment

एन प्याब्सन सप्तरीको अध्यक्षमा नरेशप्रताप

३ फागुन, सप्तरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) सप्तरीको अध्यक्षमा नरेशप्रताप साह चयन भएका छन् ।

सप्तरीमा भएको एन प्याब्सनको छैठौं जिल्ला अधिवेशनले साहलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा दुर्गा प्रसाद यादव, सचिवमा दिनेश साह, सहसचिवमा रमानन्द चौधरी, कोषाध्यक्षमा प्रकाश चौधरी, उपकोषाध्यक्षमा बीरेन्द्र साद चयन भएका छन् ।

सदस्यमा बसन्त चौधरी, सत्यनारायण मण्डल, संजय चौधरी, श्रीराम मण्डल र रन्जु साह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment