Comments Add Comment

ए डिभिजन लिगः विजेता मछिन्द्र क्लबलाई ५० लाख, को-को बने उत्कृष्ट ?

३ फागुन, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग २०७६ को उपाधि जितेको मछिन्द्र क्लबले नगद ५० लाख रुपैयाँ प्राप्त गरेको छ ।

लिगको अन्तिम खेलमा शनिवार त्रिभुवन आर्मीलाई १-० ले हराउँदै मछिन्द्रले पहिलोपटक लिग उपाधि जितेको हो ।

कसले कति पाए ?
पहिलो : मछिन्द्र क्लब-५० लाख रुपैयाँ
दोस्रो : त्रिभुवन आर्मी क्लब ३५ लाख रुपैयाँ
तेस्रो : मनाङ मर्स्याङ्दी क्लब-२५ लाख रुपैयाँ
चौथो : थ्री स्टार क्लब- १५ लाख
पाँचौ : नेपाल पुलिस क्लब-७ लाख
छैटौं : जावलाखेल युथ क्लब- ५ लाख


यस्तै व्यक्तिगतर्फ उत्कृष्ट ५ जनाले १ लाख ५० हजार रुपैयाँ पाए ।
उत्कृष्ट गोलकिपर- दिप कार्की (मनाङ मर्स्याङ्दी क्लब)
उत्कृष्ट डिफेण्डर- अनन्त तामाङ (थ्री स्टार क्लब)
उत्कृष्ट मिडफिल्डर- विशाल राई ‘बी’ (मछिन्द्र क्लब)
उत्कृष्ट फरवार्ड-भरत खवास (त्रिभुवन आर्मी क्लब)
उत्कृष्ट प्रशिक्षक- प्रवेश कटवाल (मछिन्द्र क्लब)

मणि शाह युवा ईमर्जिङ खेलाडी (१ लाख रुपैयाँ )
दर्शन गुरुङ (एनआरटी)

फेयर प्ले टीम
थ्री स्टार क्लब  (१ लाख ५० हजार रुपैयाँ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment