
४ फागुन, काठमाडौं । काठमाडौंको वसुन्धरामा मारुती भ्यानको चालकमाथि छुरा हानेर फरार २ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विप्लव कुँवर र रावल श्रेष्ठ शिल्पकार छन् ।
कुवर र शिल्पकारले गत माघ २४ गते बिहान बा २१ च ९६१८ का मारुती भ्यानका चालक खिलबहादुर रानामाथि वसुन्धरामा छुरा प्रहार गरेका थिए ।
छुरा प्रहारबाट घाइते रानाको अवस्था गम्भीर छ ।
महानगरीय प्रहरी वृत्तका डीएसपी उमेश लम्सालका अनुसार पक्राउ परेका कुँवर र शिल्पकारविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4