Comments Add Comment

फिल्म निर्माणको बिषयमा दीपक र प्रदिपको जुहारी

निर्देशक दीपकराज गिरीले एउटा स्टाटस लेखे–‘हामी कलाको लागि फिल्म बनाइरहेका छौ भनेर कसैले भनिरहेको छ भने त्यसले झुठ बोलिरहेको छ । यहाँ कलात्मकका मात्रै कुरा गर्ने फिल्म निर्माताले वुझ्नुपर्छ कि संसारमा हरेक कला व्यवसायिकताको तराजु मै नापिन्छ ।’ दीपकले यो स्टाटस भारतीय निर्देशक प्रकाश झाको भनाइबाट सापटी लिएका थिए ।

यसमा, अर्का सफल निर्देशक प्रदिप भट्टराइले प्रतिक्रिया दिदै लेखे–‘फिल्म कलाकै लागि बनाउने हो दीपक दाई तर कलामा दर्शकको मन, मस्तिष्क र निर्माताको पैसा तान्ने कला चै हुनुपर्छ ।’

प्रदिपको भनाइमा प्रतिक्रिया दिदै फेरि दीपकले लेखेका छन्–‘तपाई र मेरो उल्टो छ । म पैसाका लागि फिल्म बनाउँछु तर दर्शक मोहित हुने । कस्तो मज्जाको फिल्म बनाएछ भन्ने कला चाही आफ्नो फिल्ममा हुनु पर्छ भन्दछु ।’

यसमा फेरि प्रदिप प्रतिक्रिया दिन्छन्–‘हामीले कलाको अर्थ नवुझेको जस्तो लाग्छ दाई । यदि, हजुरको फिल्ममा कला नहुँदो हो त त्यती जनसागर उर्लेर आउँदैन थिए । लाखौ दर्शक तान्न सक्ने फिल्मलाई पैसाकै लागि बनाएको फिल्म नभन्नु दाई । म मनै देखि भन्छु त्यो झन् विशिष्ठ कला हो ।’

दीपकले पैसाको लागि चलचित्र बनाएको बताइरहँदा निर्देशक प्रदिपले भने फिल्म कलाकै लागि बनाउने हो भनेर बताएका छन् । तपाइलाई चलचित्र केका लागि बनाउनुपर्छ भन्ने लाग्छ, कृपया प्रतिक्रिया दिनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment