+
+
Shares

जब चिडियाखानाका सिंह र बाघहरू अत्तरमा लठ्ठिन थाले

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ४ गते १२:०४

सुन्दैमा अनौठो लाग्न सक्ला, तर बेलायतको नरफोकस्थित बाहम चिडियाखानामा रहेका सिंह, बाघ, चितुवा, जंगली विरालो लगायतका सिकारी जिवहरू त्यहाँ आउने पर्यटकहरूले जिउमा छरेको अत्तरप्रति आकर्षित हुन थालेका छन् ।

आगन्तुहरूको सरीरबाट निस्कने पफ्र्युमको सुगन्ध ती जनावरहरूलाई निकै मन पर्न थालेको छ । अत्तरको वासना सुँघ्न नपाउँदा यी जनावरहरू दिनभर नै झोक्राउने गरेको पाइएको छ । त्यसैले उक्त चिडियाखानाले आफुसँग भएका पूराना अत्तरहरू दान गर्न आम सर्वसाधारणमा अपिल गरेको छ ।

चिडियाखानाका अनुसार सिंह, बाघ, चितुवा, जंगली बिरालो लगायतका जनावरहरूलाई चानचुने होइन महंगो ब्राण्डका अत्तरहरूले लोभ्याउने गरेको छ । त्यसैले चिडियाखानामा दान गर्दा ब्राण्डेड परफ्युम नै दिन चिडियाखानाले आग्रह गरेको छ ।

चिडियाखानाका प्रबन्धक माइक वुलह्यामका अनुसार यी बिगक्याट प्रजातिका सिकारी जनावरहरूले केल्भिन क्लेनको अबसेसन फर मेन अत्तर सबैभन्दा धेरै मन पराउने गरेका छन् ।

अत्तर मात्र होइन यी जनावरहरूले दाह्री काटेपछि लगाउने अफ्टरसेभ लोसन पनि मन पराउने गरेका छन् । चिडियाखानाले जनावरले मन पराउने २४ वटा विभिन्न सेन्टहरूको सूचि पनि तयार पारेको छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?