+
+
Shares

चाँगुनारायणका मेयरको माग – स्थानीयका लागि तत्काल हेल्थ डेस्क राखियोस्

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ४ गते १२:३०

४ फागुन, काठमाडौं । चीनको वुहानबाट उद्धार गरिएका नेपालीहरुलाई खरिपाटी ल्याएपछि चाँगुनारायण नगरपालिकाका नगरप्रमुखख सोमप्रसाद मिश्रले स्थानीयहरुको लागि छुट्टै हेल्थ डेस्क माग गरेका छन् ।

क्वारेण्टाइनमा बस्नेहरुको लागि हरेक दिन स्वास्थ्य जाँच गर्दा त्यहाँका स्थानीयहरुको पनि स्वास्थ्य जाँच गर्नु पर्ने उनको माग छ ।
उनी यसअघि आफ्नो श्रेत्रका जनताहरुको सुरक्षाको लागि क्वारेण्टाइन स्थल खरिपाटीमा बनाउन नहुने भन्दै विरोध गरेको बताउँछन् । उनले भने, ‘यहाँ राख्नै दिन्नौ भन्दा पनि, अन्त नराखिकन किन यहाँ राखियो र यहाँको जनताहरुको सुरक्षा के हुन्छ ? भनेर सरकारलाई प्रश्न गरेको हो।’

सरकारले स्थानीयहरुसँग सल्लाह नगरी र काउन्सिलिङ नगरी खरिपाटीमा राख्ने निर्णय गरेकाले विरोध गरेको बताउँदै उनी सोध्छन्, ‘नेपालीहरु नै हुन्, बसुन् तर त्यहाँको स्थानीयहरुलाई केही भयो भने त्यसको जिम्मा सरकाले लिने कि नलिने ?’

अहिले पनि स्थानीयहरुको सुरक्षा र उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने अडान नछाडेको उनी सुनाउँछन्। खरिपाटीका स्थानीयहरुको लागि आजैबाट सरकारले त्यहीँ नि:शुल्क हेल्थ डेस्क स्थापना गर्नुपर्ने पनि उनको माग छ।

स्थानीयहरु अझै पनि डराइरहेकाले ज्वरो तथा रुघा आएमा अत्तालिन सक्ने भन्दै हेल्थ डेस्क आवश्यक रहेको बताउँछन्। भन्छन्, ‘सरकारले आजैबाट त्यहाँ नि:शुल्क हेल्थ डेस्क राखेर जाँच गरेदेखि स्थानीहरुको डर घट्थ्यो।’

सरकारले आज एक १७५ जना नेपालीलाई ल्याएर क्वारेण्टाइनमा राखेको छ। अबको १४ दिन उनीहरु निगरानीमा रहनेछन् भने आफन्त तथा परिवारसँग भेट्न पाउने छैनन्।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार ४ जनामा ज्वरो देखिएकाले उनीहरुका २ परिवारका गरेर ६ जना नेपाल आउन पाएनन् । त्यसैगरी नेपाल आउन आवेदन दिएका चार जनाले उतै बस्ने निर्णय गरे। सोही कारण १७५ जना नेपालीको उद्धार गरिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार क्वारेण्टाइनमा राखिएका विमानका क्रु मेम्बरलगायत सबैलाई हरेक दिन जाँच गरिन्छ। जाँच गर्दा ज्वरो या रुघाखोकी देखिए तत्काल एम्बुलेन्समार्फत अस्पतालहरुमा आइशोलेशनमा राख्न पठाइन्छ।

लगातार १४ दिन नै उनीहरुमा कोरोना भएनभएको समेत परीक्षण गरिने प्रवक्ता श्रेष्ठले बताए। त्यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वास्थ्यकर्मीहरु खटाइएको छ। उनीहरु सबैको २४ घन्टाभित्र थ्रोट स्वाब (घाँटीको र्‍याल)को नमूना झिकेर प्रयोगशालामा पठाइनेछ।

क्वारेण्टाइनमा राखिएकाहरुको निगरानी गर्न सेना-प्रहरीका ८० जना स्वास्थ्यकर्मीहरु खटाइएको छ। उनीहरुले पालैपालो निगरानी गर्नेछन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?