Comments Add Comment

‘स्टारमा होइन, बिषयमा लगानी गर्नुहोस्’: प्रकाश झा

बलिउडमा सफल निर्देशक प्रकाश झाले दर्शकले वुझ्ने भाषामा चलचित्र बनाउन आग्रह गरेका छन् । नेपाल अन्तरराष्ट्रिय फिल्म फेस्टिभलको तेश्रो संकरणमा सहभागी हुन नेपाल आएका झाले भने–‘हामीले भन्ने कथावस्तु दर्शकले वुझ्ने भाषा मार्फत हलसम्म पुर्याउनु पर्छ ।’

आफ्नै चलचित्र ‘दामुल’को प्रशंग जोड्दै उनले आफ्नै घरमा काम गर्ने ललिता बाइले ‘अर्को पटक फिल्म बनाउनु’ भनेपछि आर्टलाई कमर्सियल भ्यालुसँग मिक्स गरेको जानकारी दिए । उनले भने–‘चलचित्र भनेको व्यवसाय नै हो । यसैले, हलसम्म आउने दर्शक तपाइको कामबाट सन्तुष्ट हुनुपर्छ । हामीले कलात्मक अभिव्यक्तिका लागि चलचित्र बनाउने गरेका छौै भन्छौ भने हामी झुट बोलिरहेका छौ ।’

झाले व्यवसायिक चलचित्र बनाउनु गलत नभएको समेत तर्क गरे । उनले अगाडि भने–‘मैले सुरुवाती दिनमा बनाएका चलचित्रहरु दामुल, परिणति, मत्युदण्डले वाहवाही त पाए तर केहिमा लगानी उठाउन नै समस्या पर्यो । म जबसम्म आर्थिक रुपमा मजबुत हुदिनँ मैले भन्न चाहेको कथालाइ चलचित्रको रुप दिन सक्दिनँ ।’

झाले अगाडि भने–‘स्टारलाई कसरी चलचित्रमा लिने भनेर सोच्न भन्दा पनि बिषयलाई कसरी ग्लोबल बनाउने भन्नेमा दिमाग खियाउन आवश्यक छ । हामीले ग्लोबल कन्टेन नल्याउँदासम्म ग्लोबल दर्शक पाउन सक्दैनौ । यसैले मिहिनेत स्टारमा हैन बिषयमा गर्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment