
चलचित्र विकास बोर्डका अध्यक्ष तथा चलचित्र निर्माता केशव भट्टराइको परिवारलाई चलचित्र ‘आमा’की निर्मात्री शर्मिला पाण्डेले आर्थिक सहयोग गरेकी छिन् । केशव भट्टराइको निधनपछि उनको परिवार आर्थिक समस्यामा रहेको खबर बाहिरिएसँगै अहिले चलचित्रकर्मीहरुले आर्थिक सहयोग गरिरहेका छन् ।
आज चलचित्र ‘आमा’की निर्मात्री शर्मिला पाण्डेले भट्टराइकी पत्नी नीता भट्टराइलाई नगद १ लाख १ हजार सहयोग गरेकी छिन् । निर्मात्री पाण्डेले आफू पनि एउटी आमा भएकाले आमाको मर्म वुझ्ने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4