Comments Add Comment

प्रदेश २ को सरकार परिवर्तन हुँदैन : यादव

४ फागुन, विराटनगर ।समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रदेश नं २ को सरकार परिवर्तन नहुने दाबी गरेका छन् ।

बिराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यादवले प्रदेश नं २ को सरकारविरुद्ध कुदृष्टि लगाउनेहरु भए पनि राष्ट्रिय जनता पार्टीसँगको सहकार्य जारी रहने बताए । साथै उनले समाजवादी र राजपाबीच आगामी दिनमा एकीकरण हुने बताए ।

सबैको स्वामित्व हुने गरी संविधान संशोधन तथा परिमार्जन नभएमा गणतन्त्र अगाडि बढ्न नसक्ने उनले बताए । प्रश्नको जवाफमा समाजवादीका अध्यक्षा यादवले संविधान संशोधनको शर्तका आधारमा पार्टी सरकारमा सहभागी भएको जानकारी दिँदै संविधान संशोधन नहुने भएपछि सरकारबाट बाहिरिएको बताए ।

अध्यक्ष यादवले संविधान संशोधनका लागि पहिले सदनबाट सङ्घर्ष गर्ने अन्यथा सडकबाट विद्रोह शुरु गर्ने बताए । संसदीय संरचना, शासकीय स्वरूप तथा राज्य पुनःसंरचनाका सवालमा संविधान संशोधन हुनुपर्ने उाको जोड थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग संसद्प्रति उत्तरदायी हुने पर्नेमा जोड दिँदै यादव पूर्वाग्रहको आधारमा कारवाही नगरी सबैलाई समान व्यवहार गर्नुपर्ने तथा प्रश्न उठेकाप्रति छानबिन हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment