Comments Add Comment

सन्नीको आग्रह–‘लेदरको सामान प्रयोग नगर्नुहोस्’

बलिउड नायिका सन्नी लियोनीले आफ्ना फ्यानहरुलाई छालाको सामान प्रयोग नगर्न आग्रह गरेकी छिन् । विशेषगरि, जनावरको अंगबाट बनाइने लेदर सामान प्रयोग नगर्न उनले आग्रह गरेकी हुन् ।
उनले, जनावरलाई प्रयोग गरेर बनाइने सामानको बिषयमा जानकारी पाएपछि आफूले जनावरलाई बचाउने कसम खाएको समेत उल्लेख गरेकी छिन् ।

जनावरमाथि निकै नै नराम्रो दुव्र्यवहार हुने भन्दै उनले भनिन्–‘हामीसँग छनोट गर्नका लागि अरु थुप्रै विकल्प छन् । तर, पनि हामी जनावरको शरीरका अंगबाट बन्ने सामान प्रयोग गरिरहेका छौ । यस्ता सामान प्रयोग गर्नुको कुनै मतलब छैन ।’

यस्तै, अर्की नायिका राकुल प्रितले पनि आफू अब शाकाहारी भएको बताएकी छिन् । मासु क्रेजी राकुलले शाकाहारी बन्ने निर्णय गरेसँगै आफूमा आनन्दको महशुश भएको समेत उल्लेख गरेकी छिन् ।

उनले, यो आफ्नो जीवनको सबैभन्दा ठूलो निर्णय भएको समेत उल्लेख गरिन् । राकुलले भारतीय मिडियासँग भनिन्–‘मलाई सागपात मनपछर्प । तर, म मासु खुबै खान्थेँ । तर, मलाई एक दिन शाकाहारी बन्ने सोच आयो । अहिले म आनन्दको महशुश गरिरहेकी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment