Comments Add Comment

यस्तो गाउँ, जहाँ बोल्दा–बोल्दै निदाउँछन् मानिसहरू

अहिलेको अस्तव्यस्त जीवनशैलीमा मानिसहरूको निद्रा बिथोलिनु सामान्य उपक्रम बनिसकेको छ । तर यो दुनियाँमा केही यस्ता मान्छेहरू पनि छन् जहाँका मानिसहरू जतिबेलै निदाइदिन्छन् । जहाँ पनि निदाइदिन्छन् ।

उनीहरू बोल्दा बोल्दै निदाउँछन्, हिँड्दा हिँड्दै निदाउँछन् । आखिर यो कसरी सम्भव भयो त ?

हो, कजाकिस्तानको कलाची गाउँका मानिसहरू जुनसुकै बेला र जहाँसुकै निदाउने गरेका छन् ।

गाउँलेहरूमा रहस्यमय निद्रा रहेको छ । कहिलेकाहीँ त मानिसहरू महिनौंसम्म पनि सुतिरहन्छन् । सुतेर जागा हुँदा मानिसहरू त्यसअघिको सबै कुरा भुलेका हुन्छन् र अनौठा हर्कत गर्दछन् ।

यो गाउँको अनौठो निद्राको त्यो घटना पहिलोपटक सन् २०१० मा सार्वजनिक भएको थियो । केही बालबालिकाहरू विद्यालयमा अचानक सुत्न थालेका थिए । त्यसपछि गाउँका अरू मानिसमा पनि एक्कासि निद्रा आउने रोग देखा पर्न थाल्यो । मानिसहरू अनायासै निदाउने त्यो समस्या बढ्दै गयो ।

त्यसयता यो अनौठो रोगका बारेमा उक्त गाउँमा कैयन् शोधकर्ताहरूले खोज अनुसन्धान गरिरहेका छन् । तर यसको खास कारण पत्ता लाग्न सकेको छ । युरेनियम खानीका कारण अस्वभाविक निद्राको समस्या पैदा भएको विश्वास गरिएको छ ।

युरेनियम खानीबाट निस्कने विकिरण तथा विषाक्त ग्यासका कारण स्थानीय मानिसहरूको स्वास्थ्यमा गम्भीर असर परिरहेको र मानिसहरूमा अचानक बेहोस हुने समस्यासमेत पैदा भएको बताइन्छ । उक्त समस्याका कारण गाउँबाट मानिसहरू पलायन हुने क्रम बढेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment