
५ फागुन, काठमाडौं । गरीमा धानको बाला नलाग्ने नक्कली बीउ बिक्रीमा संलग्न आयातकर्ता र बिक्रेतालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जरिवाना गराएको छ ।
विभागले प्रयोग गर्न पाउने कानुनी अधिकारअनुसार आयातकर्तालाई ३ लाख र बिक्रेतालाई जनही दुई लाखका दरले जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
विज्ञहरुको प्रमाणित अनुसन्धान तथा कृषि मन्त्रालयले विभागमा पठाएको फाइल तथा अनुगमनको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना गरिएको विभागका माहानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।
विउ आयतकर्ता सनराइज एग्रिकल्चर रिसर्च प्रालि दाङलाई ३ लाख र सुलु भेट सेन्टर बर्दियालाई र तेजल एग्रोभेट दाङलाई कारोबार स्थलमा खरिद बिल नराखेकाले २० हजार जरिवाना गराइएको छ । यस्तै १४ बिक्रेतालाई जनही दुई लाखका दरले जरीवाना गरेको विभागले जनाएको छ ।
कुन बिक्रेतालाई कति जरिवाना ?
क्र.सं | बिक्रेता | जरिवाना |
---|---|---|
१ | तनहुँ बीज भण्डार, दमौली, तनहुँ | २ लाख |
२ | जमिल बीज भण्डार, कपिलवस्तु | २ लाख |
३ | घिमिरे एग्रोभेट कपिलवस्तु | २ लाख |
४ | लालीगुराँस एग्रोभेट सेन्टर दाङ | २ लाख |
५ | स्वर्गद्वारी एगि्र नेपाल दाङ | २ लाख |
६ | जनता एग्रोभेट दाङ | २ लाख |
७ | मुनाल एग्रोभेट कन्सर्न बाँके | २ लाख |
८ | सृजना भेट सेन्टर बर्दिया | २ लाख |
९ | शिखा एग्रो सेन्टर बर्दिया | २ लाख |
१० | खुसीराम भेटरिनरी सेन्टर बर्दिया | २ लाख |
११ | लोहती एग्रोभेट सेन्टर बर्दिया | २ लाख |
१२ | आरएच एग्रोभेट कैलाली | २ लाख |
१३ | किसान एग्रोभेट सेन्टर कैलाली | २ लाख |
१४ | प्रशान्त एग्रोभेट सेन्टर चितवन | २ लाख |
प्रतिक्रिया 4