Comments Add Comment

नेपालीले यूएईमा पाए १ किलो सुन र कार उपहार

युएई । १९ वर्षेदेखि युएईमा कार्यरत श्रीजङ्गा–४, ताप्लेजुङका यमनाथ भट्टराईले १ किलो सुन उपहार पाएका छन् । अल अहलिया एक्सचेञ्ज यूएईको विन्टर प्रमोसन योजनाअन्तर्गत १ किलो सुन उपहार पाएका हुन् ।

एमवीएम कम्पनीमा कार्यरत भट्टराईले १८ वर्षदेखि अल अहलिया एक्सचेञ्जमार्फत रकम पठाउँदै आएका थिए । उनले विन्टर प्रोमोसन योजनाअन्तर्गत एक महिनाअघि ३५ हजार रुपैयाँ सेन्चुरी रेमिटमार्फत अहलिया एक्सचेञ्जबाट नेपाल पठाएका थिए।

उनले पाएको १ किलो सुन नेपाल लैजान प्राविधिक कठिनाइ रहेकाले बजार मूल्य अनुसार ५७ लाख रुपैयाँ नगद प्रदान गर्न लागिएको अलअहलिया एक्सचेञ्जका नेपाल प्रमुख बेनी माधव ढकालले जानकारी दिए ।

उता, रोल्पाका झकबहादुर गिरी र रूपन्देही सैनामैनाकी सीता पाण्डेले निशानको कार उपहार पाएका छन् । एक्सचेञ्जको योजना अन्तर्गत उनीहरूले निशानको सनी कार जितेका हुन् । यूएईमा अहिले निसानको सनी कारको मूल्य झण्डै ४५ हजार दिराम खछ ।

रेमिट गर्नेमा नेपाली पहिलो स्थानमा

एक्सचेञ्जले वर्षमा ७ महिना यस्ता किसिमका योजना ल्याउने गरेको छ । ४ महिना अहलिया एक्सचेञ्ज र ३ महिना आईएमईमार्फत विभिन्न उपहार योजना ल्याउने ढकालले बताए ।

युएईमा अल अहलिया एक्सचेञ्जबाट रेमिट गर्नेमा नेपाली पहिलो स्थानमा रहेको एक्सचेञ्जका जनरल म्यानेजर कमल सुब्बाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment