Comments Add Comment

थरीथरीका बाबा : अघोरी र नागा बन्न के गर्छन् ?

यही शुक्रबार हिन्दुहरुले पवित्र पर्व महाशिवरात्रि मनाउँदै छन् । भगवान शिवको आराधनाको लागि विशेष मानिने सो पर्वको लागि नेपालका विभिन्न ठाउँ सहित भारतबाट समेत धेरै साधकहरु पशुपतिमा आउनेक्रम जारी छ । हरेक वर्ष शिवरात्रिको लागि हजारौं साधुहरुको जमघट हुने यो क्षेत्र आफैंमा एउटा पवित्र क्षेत्र हो ।

झट्ट हेर्दा धेरैलाई पशुपतिमा देखिने साधुहरु उस्तै लाग्छन् । कतै श्मसानमा बस्ने अघोरी, कतै फोटो खिचाउनको लागि व्यस्त गेरु बस्त्रमा भेटिने साधारण साधु त कतै नागाबाबाहरुले पशुपति क्षेत्र अबको केहीदिन भरिभराउ हुन्छ । तर, ती साधुहरु देख्ना सामान्य देखिनेभएपनि वास्तविक अघोरी र नागाहरु एउटा कठोर तपस्या पूरा गरेर आएका साधकहरु हुन्छन् । हामीले झट्ट हेर्दा पशुपतिमा दुई किसिमका साधुहरु देखिन्छ । एकाथरीकाले वस्त्र नलगाई दिगम्बर भेषमा भष्म दलेर बस्ने गर्छन् । कपडा नलगाएका जति सबैलाई हामी नागा मान्ने गर्छौं । अर्का किसिमका साधु भेटिन्छन् गेरु वस्त्र लगाएका साधुहरु देखिन्छन् । तर, साधुहरु को हुन् ? हामीले देखेको वस्त्रहीन साधु सबै नागा हु्न् ? या वस्त्र लगाउनेहरु सबै अघोरीहरु हुन त ?

 

शिव एवं उनका अवतारहरुलाई मान्ने विभिन्न सम्प्रदायहरु हुन्छन् । तिनीहरुको पनि आआफ्नै अनुयायी हुन्छन् । ती अनुयायीहरुको आफ्नै शैली र विशेषता हुन्छ । पाशुपत सम्प्रदाय, शैव सम्प्रदाय, कापालिक सम्प्रदाय, वीर शैव सम्प्रदाय, कारुक् सिद्धान्तवादी सम्प्रदाय, प्रत्याभिज्ञावादी सम्प्रदाय मुख्यतया शैवमार्गीहरुको मुख्य सम्प्रदायहरु हुन् ।

त्यसमध्ये पनि शैव र पाशुपत सम्प्रदायमा धेरै साधक एवं अनुयायीहरु रहेको पाइन्छ । शैव भित्र पनि शाक्त, नाथ, दसनामी, नागा जस्ता उपसम्प्रदाय रहेका छन् । महाभारतमा माहेश्वरको चार सम्प्रदायको बारेमा उल्लेख गरिएको छ । जसमा शैव, पाशुपत, कालदमन र कापालिक रहेका छन् । ऋग्वेदमा रुद्रको आराधनामा १२ रुद्रहरु नै अघि गएर शिव शंकर, भोलेनाथ र महादेव कहिने गरेको उल्लेख छ ।

साधुहरुलाई नाथ, अघोरी, अवधूत, बाबा, अघड, योगी, सिद्ध आदि नामले जान्ने गरिन्छ । शैव सन्तहरुमा नागा साधुहरु एवं दसनामी सम्प्रदायका साधुहरुको नै प्रभुता रहेको पाइन्छ । सन्यासी सम्प्रदायका साधुहरु संसार र गृहस्थीलाई छाडेर आउने गर्छन् । गृहस्थहरुको जीवन जति कठिन हुन्छ । त्यसको सय गुणा बढी कठिन साधुहरुको जीवन हुने विश्वास गरिन्छ ।

शैव सन्तहरुमा गुरु मत्स्येन्द्रनाथ, गुरु गोरखनाथ, साईनाथ, गजानन् महाराज, कनिफनाथ, बाबा रामदेव, तेजाजी महाराज, चौरंगीनाथ, गोगादेव, शंकराचार्य, गोपीनाथ, चुढाकरनाथ, भर्तृहरि, जालन्ध्रीपाव आदि हजारौं प्रसिद्ध सन्तहरु रहेका छन् । यसरी शिवरात्रिको लागि त्यही गुरुहरुले बोकेको सिद्धान्त अनुसारको वस्त्र एवं व्यवहारलाई उनीहरुका अनुयायीले समेत अवलम्बन गर्ने गरेका छन् ।

कस्ता हुन्छन् नागाहरु ?

नागा शब्द एकदमै पुरानो शब्द हो । भारतमा नागवंश र नागा जातिको इतिहास समेत पुरानो छ । नागा भन्ने शब्द त्यही भारतको नागाल्याण्ड प्रान्तबाट भएको समेत मान्ने गरिन्छ । भारतको पूर्वाेत्तर क्षेत्रमा रहेका नागवंशी, नागा जाति र दसनामी सम्प्रदायका मानिसहरु समेत नागा बन्ने गरेका छन् । भारतको एक सम्प्रदाय नाथ सम्प्रदायको समेत दसनामी सम्प्रदायको साथमा सम्बन्ध रहने गरेको पाइन्छ ।

नागा बन्ने प्रक्रिया

नागा साधुहरूको समूहमा सामेल हुने प्रक्रियाको लागि करिब ६ वर्ष लाग्छ । यस समयमा नयाँ सदस्यहरूले लगौंटी बाहेक अरू केही पनि लगाउँदैनन् । कुम्भ मेलामा अन्तिम प्रण गरेपछि तिनीहरूले लगौंटी पनि त्याग गर्छन् । त्यसपछि उनीहरु जीवनभरी नै कुनैपनि वस्त्र लगाउँदैनन् । कुनै पनि क्षेत्रमा नागा बन्न आउने व्यक्तिलाई राम्ररी अनुसन्धान गरेपछि छानिएका योग्य व्यक्तिलाई मात्र यसमा प्रवेश दिइन्छ । नागा बन्नुपूर्व ऊ लामो समयसम्म ब्रहृमचारीको रूपमा जिउनुपर्छ । त्यसपछि ऊ महान मान्छे बन्छ र त्यसपछि मात्रै उसलाई त्यो समूहमा प्रवेश गराइन्छ । अन्तिम प्रक्रिया महाकुम्भको समयमा हुन्छ । जसमा उनीहरुले आˆनै पिण्डदान र पूजा गर्ने गरिन्छ ।

नागा र अघोरीमा के फरक छ ?

हिन्दू धर्ममा कैयौं प्रकारका साधुहरुको उल्लेख पाइन्छ । यसमा नागा साधुहरु र अघोरीहरु एक भिन्न भिन्न साधुको रुप हो । यिनीहरुको भेषभुषा देख्नको लागि उस्तै देखिन्छ । तर, उनीहरुको साधु बन्ने प्रकि्रया र रहनसहन तथा तप साधनामा धेरै अन्तर पाइन्छ । नागा साधु कुम्भमा बढेर नागाको भेष धारा गर्छन् भने अघोरीहरु कुम्भमा जाँदैनन् ।

नागा र अघोरी साधु बन्नको लागि ठूलो एवं कठिन तपस्या गर्नुपर्ने हुन्छ । दुबै प्रकारका साधु बन्नको लागि कूल १२ वर्षको समय लाग्छ । नाष साधु बन्नको लागि अखडामा दीक्षा लिनु पर्छ । उनीहरुले जिन्दगीको सुरुवाती समय कैयौं कठिनाईहरु भोग्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment