
नायिका सुरक्षा पन्त हरेक चलचित्रमा फरक भूमिका गर्न रुचाउँछिन् । सुरक्षालाई दर्शकले चलचित्रको पर्दामा नायकसँग नाँचेको कमै मात्र देख्छन् । बरु, उनी गहन कथामा बन्ने चलचित्रमा बढी रुची राख्छिन् ।
‘धनपति, आमा’ जस्ता चलचित्रबाट उनले यस्तो परिचय बनाइसकेकी छिन् । फागुणको ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘आमा’मा सुरक्षा पन्तको मिहिनेत सानो छैन ।
यो चलचित्रका लागि उनले आफ्नो लोभलाग्दो कपाल नै खौरिएकी छिन् । यसका लागि उनले प्रविधीको वा मेकअपको पनि प्रयोग गर्न सक्थिन् । तर, चलचित्र हेर्दा दर्शकलाई वास्तविक महशुश होस् भनेर उनले कपाल खौरिएकी छिन् ।
चलचित्र ‘घर’मा उनले दर्शकलाई भूत बनेर तर्साउन खोजेकी छिन् । आफूलाई सामान्य कथामा भन्दा पनि अभिनय देखाउन सकिने कथामा काम गर्दा रमाइलो लाग्ने सुरक्षाको कथन छ ।
चलचित्र ‘आमा’बाट पनि दर्शकले आफूले गरेको कामलाई माया गर्ने विश्वास उनको छ ।
तस्वीरः शंकर गिरी
प्रतिक्रिया 4