Comments Add Comment

रेशम चौधरीको रिहाइको लागि अनशन बसेका लक्ष्मण थारु अस्पताल भर्ना

६ फागुन, कैलाली । धनगढीमा आमरण अनशन बसेका थरुहटर थारुवान राष्ट्रिय मोर्चाका केन्ऽीय संयोजक लक्ष्मण थारु अस्पताल भर्ना भएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वावाचित रेशम चौधरीसहित ११ जना कैदीबन्दीहरुको रिहाइलगायतको माग राख्दै फागुन १ गतेदेखि अनशन बसेका थारुको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।

रिँगटा लागेपछि अस्पताल भर्ना गरिएको सेती प्रादेशिक अस्पतालमा वरिष्ठ फिजिसियन डाक्टर निराजनदत्त शर्माले जानकारी दिए ।

शर्माले अनसन बसेको दोस्रो दिन नै स्वास्थ्यमा समस्या आएको बताउँदै थारुलाई अस्पताल भर्ना हुन सुझाव दिएका थिए । तर, उनले मानेका थिएनन् ।

‘शुक्रबारको तुलनामा शनिबार उहाँको शरीरमा सुख्खापन देखिएको थियो । मुटुको धडकनमा पनि अलिकति चढाब आएको थियो,’ डाक्टर पौडेलले भने, ‘हाम्रो टोलीले उहाँलाई अस्पताल भर्नाको लागि सल्लाह दिएको थियो । तर उहाँले मान्नु भएन ।’

समस्या जटिल भएपछि अस्पतालकै एम्बुलेन्समा उनलाई अस्पतालसम्म ल्याइएको डा. शर्माले बताए । सुरुदेखि नै डाक्टर शर्मा नेतृत्वको विशेषज्ञ टोलीले उनको स्वास्थ्य परीक्षण गर्दै आइरहेको थियो ।

अहिले पनि थारु स्वस्थ्य नरहेको उनी बताउँछन् । ‘मुटु, आन्ऽा र नसा सम्बन्धी रिर्पाेट आउन बाँकी छ । तर, उहाँलाई अहिले नै अस्पतालबाट पठाउन भने मिल्दैन,’ उनले भने । थारुको पिसाबमा पनि समस्या देखिएको उनले बताए ।

सरकारले चासो नदिएको गुनासो

अनसनको पाँचौँ दिनमा लक्ष्मण थारु बिरामी परेपछि उनी अस्पताल छन् । अनसन स्थलमा नेता कार्यकर्ता मात्रै छन् । मंगलबार बिहान अनसन स्थलमै पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारले आन्दोलनप्रति चासो नदिएको भन्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले थप आन्दोलनको घोषणा गरेको छ ।

मोर्चाका प्रवक्ता मिनराज चौधरीद्वारा जारी गरिएको विज्ञप्तिमा बुधबारदेखि २१ गते सम्म आन्दोलनको थप घोषणा गरिएको उल्लेख छ ।

आन्दोलनमा धनगढीमा मसाल जुलुस प्रर्दशन गर्नेदेखि आम हडताल र चक्काजामको कार्यक्रम पनि समेटिएको छ । ‘सरकारले हाम्रो माग सम्बोधन गर्न चासो देखाएन’ प्रवक्ता चौधरीले भने ‘हामी बाध्य भएर चरणबद्ध आन्दोलनको घोषणा गर्‍यौं  ।’

आमरण अनशनको समर्थनमा शुक्रवार कैलालीको धनगढी र दाङको तुलसीपुरमा आन्दोलनकारीले प्रदर्शन गरेका थिए । माग सम्बोधनमा सरकार गम्भीर नभएको भन्दै सोमबार पनि धनगढीमा प्रदर्शन गरिएको थियो ।

संसदमा पनि उठ्यो प्रसङ्ग

कैलाली निर्वाचन क्षेत्र नं. १ मा राजपाबाट निर्वाचित सांसद रेशम चौधरीसहित ११ जना कैदीबन्दीहरुको रिहाइको माग राख्दै थालिएको अनसनप्रति सरकार गम्भीर नबनेको राजपाका सांसदहरुले गुनासो गरेका छन् ।

आइतबारको प्रदेश सभा बैठकमा राजपाका सांसद कृष्ण चौधरीले प्रदेश सरकार पनि यस विषयमा गम्भीर बन्न आवश्यक रहेको बताएका थिए । ‘सांसद रेशम चौधरीको रिहाइको माग गर्दै थालेको असनसमा सरकारको ध्यान पुगेन,’ उनले भने, ‘अनसन बसेका थारु नेता पनि बिरामी परेका छन् । सरकार यस विषयमा गम्भीर बनोस् ।’

यस अघि शुक्रबारको प्रदेश सभा बैठकमा राजपाकी सांसद मालमतिकुमारी रानाले पनि आमरण अनसनप्रति सरकार गम्भीर नभएको भन्दै सरकारको आलोचना गरेकि थिइन् ।

उनले अनसन बसेकाहरुको माग पुरा गर्न सरकारलाई आग्रह गरिन् । उनले टीकापुर घटनाको निष्पक्ष छानबिनको पनि मागसमेत गरिन् ।

सिके राउतको समर्थन

फागुन १ गते देखि सुरु भएको आमरण अनसनमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पनि ऐक्यबद्धता जनाएका छन् ।

थारुले थालेको आमरण अनशनको पाँचौँ दिन जनमत पार्टीका केन्ऽीय अध्यक्ष सिके राउत अनसन स्थलमै पुगेर आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए ।

राउतले लक्ष्मण थारुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै मोर्चाले उठाएका माग र मुद्दाहरू जायज रहेको बताएका थिए ।

यसअघि नै मोर्चाको आन्दोलन तथा अनशनलाई आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान् राष्ट्रिय मोर्चा, सङ्घीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका थिए ।

के हो टीकापुर घटना ?

२०७२ साल भदौ ६ गते कैलालीका प्रमुख दलहरू, आन्दोलनकारी र स्थानीय प्रशासनबिच आन्दोलन शान्तिपूर्ण गराउने सहमति गरिएको थियो ।

सुरुमा ‘अखण्ड सुदूरपश्चिम’ र पछि ‘थरूहट प्रदेश’को माग गर्दै भइरहेका प्रदर्शन क्रमशः सामाजिक सद्भाव खल्बल्याउने दिशामा अग्रसर भएपछि यो सहमतिले परिस्थिति केही सहज हुने आकलन गरिएको थियो ।

तर, सहमतिपछि पनि परिस्थिति सहज हुने संकेत भने देखिएन र आन्दोलनका क्रममा उत्पन्न हुन सक्ने चुनौतीलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले टीकापुर नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

भदौ ७ मा निषेधाज्ञा तोड्ने र नगरपालिका क्षेत्रमा ‘थारू स्वायत्त प्रदेश’ लेख्ने भन्दै गाउँ गाउँबाट आन्दोलनकारी टीकापुर आए ।
टीकापुर नगरका चारैतिरबाट आन्दोलनकारी निषेधाज्ञा तोडेर नगरक्षेत्रमा पस्ने तयारी गरेको थाहा पाएपछि चारैतिर प्रहरी तैनाथ गरियो । त्यसमध्ये सबैभन्दा ठूलो समूह आइरहेको पश्चिमतर्फको नाकामा ३५-४० जना प्रहरी तैनाथ थिए, जसको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेले गरेका थिए ।

आन्दोलनका क्रममा अप्रिय घटना नहोस् भनेरै सेती अञ्चल प्रहरी प्रमुख एसएसपी न्यौपाने तीन दिनअघि धनगढीबाट टीकापुर पुगेका थिए ।

मुनुवा र टीकापुर नगरपालिकाको सीमामा पर्ने पशु हाटबजार नजिक आन्दोलनकारी र प्रहरीको जम्काभेट भयो । यसपछि अनियन्त्रित बनेको भीडले प्रहरीमाथि हँसिया, भाला, बन्चरोलगायतका घरेलु हतियारबाट आक्रमण गरेका थिए ।

घटनामा एसएसपी न्यौपानेसहित ८ प्रहरी, एक नाबालकको मृत्यु भयो । दिउँसोको घटनापछि त्यस दिन रातिसम्म पनि टीकापुर तनावग्रस्त थियो ।

केन्ऽीय सुरक्षा समितिले दिएको निर्देशन अनुसार जिल्ला सुरक्षा समितिबाट भदौ ७ गते साँझ टीकापुरमा सेना परिचालन गरिएको थियो ।

प्रहरीसहित १ नाबालकको ज्यान गएको घटनामा रेशम चौधरीसहित ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनायो ।

थरुहट नेता लक्ष्मण थारु र थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष लाहुरम चौधरीले भने सफाइ पाएका पाए ।

प्रहरीको फरार सूचीमा रहेकै बेला रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका थिए । उनले २०७३ साल फागुन १४ गते जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरे । चौधरीले आत्मसमर्पण गरेको एक वर्षपछि जिल्ला अदालत कैलालीले उनी दोषी रहेको ठहर गरिएको गरेको हो ।

थरुहट थारु वान राष्ट्रिय मोर्चाले भने टीकापुर राजनीतिक घटना भएको बताउँदै आएको छ ।

रेशम चौधरीसहित ११ जना कैदीबन्दीहरुको रिहाइ, टीकापुर घटनाबारे सत्य तथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरीशचन्द्र  लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदनहरू सार्वजनिक गर्न थरुहट थारु वान राष्ट्रिय मोर्चाले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment