+
+

घरमा बम राखेर फिरौती माग, सेनाका अवकाश प्राप्त हवल्दार पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ६ गते १६:४९

४ फागुन, काठमाडौं । व्यक्तिको घरमा बम राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली सेनाका अवकाश प्राप्त हवल्दार राजकुमार सार्की छन् ।

सार्कीलाई महानगरीय प्रहरी वृत्त, चापागाउँको टोलीले पक्राउ गरेको हो । सोमबार गोदावरीका शुकराम मिजारको घरमा ग्रिनेड बम राखेर सार्कीले पैसा मागेका थिए ।

तर, सेनाको बम डिस्पोजल टोलीले उक्त बम निष्कृय पारेको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको प्राविधिक सहयोगमा चापागाउँ प्रहरीले आरोपितलाई पक्राउ गर्न सफल भएको एसएसपी सहकुलबहादुर थापाले बताए ।

सार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?