Comments Add Comment

बचत खातामा बैंकहरुको सुविधा : सबैभन्दा धेरै एनआईसी एशियाको

५ फागुन, काठमाडौं । कुनैबेला ३२ वटामा पुगेका वाणिज्य बैंकहरु अहिले घटेर २७ मा झरेका छन् । नेपाल राष्ट्र बैंकको पुँजी वृद्धिको योजनाले अधिकांश विकास बैंक तथा फाइनान्स कम्पनीहरुको अस्तित्व समाप्त भए पनि वाणिज्य बैंकको संख्या थोरैमात्रै घट्यो ।

३ वर्ष अघिसम्म २ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेका वाणिज्य बैंकहरुले अहिले ८ अर्ब नघाइसकेका छन् । चार गुणा पुँजी बढाएका बैंकहरुबीच यतिबेला भने तीव्र प्रतिष्पर्धा देखिएको छ ।

बैंकहरुले बीमा सुविधादेखि एटीएम कार्ड प्रयोग शुल्क, कर्जाको ब्याजदरमा छुट सुविधा लगायतका योजनाहरु अघि सारेर ग्राहक फकाउने मेसो गरिरहेका छन् । सबै बैंकका आ–आफ्नै स्कीम छन् । आफ्ना योजनाहरु बारे सर्वसाधारणसम्म पु¥याउन बैंकहरुले सञ्चार माध्यमदेखि सामाजिक सञ्जालमामात्रै होइन सडकको घुम्तिका चोकचोकसम्म विज्ञापनहरु राखेका छन् ।

पूर्व बैंकर अनलराज भट्टराई बैंकहरुले ग्राहकका लागि सुविधा दिनु राम्रै विषय भएको बताउछन् । बैंकले दिएको सुविधाकोे ग्राहकले भरपुर उपयोग गर्नु पर्ने पूर्व बैंकर अनलराज भट्टराईको भनाई छ ।

जति बैंकहरुले सुविधा दिन प्रतिष्पर्धा गर्छन त्यसको प्रत्यक्ष फाइदा भने सर्वसाधारणलाई नै हुने हो । केहि बैंकहरुले सर्वसाधारणका लागि अघि सारेका विभिन्न सुविधाहरु बारे यहाँ चर्चा गरौं ।

बचत खातामा अफरै, अफर !
बैंकहरुले पछिल्लो समय बीमा सुविधालाई विशेष ध्यान दिएका छन् । बीमा सम्बन्धी विभिन्न स्कीमहरु ल्याएर बैंकहरुले आफ्ना ग्राहकहरुलाई सुविधा दिने बताइरहेका छन् । बैंकमा बचत खाता खोल्दैमा सामान्यतया बैंकहरुले कति रुपैयाँसम्मको बीमा सुविधा दिएका होलान ? पाँच लाख, दश लाख वा त्योभन्दा कम ।

धेरै रकम बराबरको सुविधा र विभिन्न किसिमका बीमा सुविधा दिनेहरुको सूचिमा पछिल्लोपटक एन आई सी एशिया बैंक लिमिटेड अग्रपङतीमा देखिएको छ । यस बैंकले ग्राहकले विश्वास नै गर्न नसक्ने मूल्य बराबरको बीमा सुविधा दिन थालेको छ । त्यो पनि तीन÷तीन किसिमका बीमा सुविधा ।

यसो त अन्य बैंकले पनि बीमा सुविधा नदिएका होइनन् तर एन आई सी एशियाको बीमा सुविधा अतुलनिय नै देखिन्छ । एन आई सी एशिया, नबिल, मेगा, सानिमा र माछापुच्छ्रे बैंकले दुर्घटना बीमा अन्तर्गत १०/१० लाख रूपैयाँ दिने जनाएका छन् ।

सनराइज, एभरेष्ट, ग्लोबल आईएमई र हिमालयनले भने ५/५ लाख रूपैयाँको योजना राखेका छन् । त्यस्तै घातक रोगहरुका लागि एन आई एशियाले सर्वाधिक उच्च १० लाख रूपैयाँ दिइरहेको छ भने नबिल, मेगा, सानिमा, माछापुच्छ्रेले ३÷३ लाख रूपैयाँ बराबरको बीमा सुविधा ल्याएका छन् ।

अन्त्यमा, तेस्रो मेडिकल बीमामा एनआईसी एशिया, मेगा, सनराइज, माछापुच्छ्रे र एभरेष्ट बैंकल ले १/१ लाख रूपैयाँको बीमा सुरक्षित गरेका छन् । यसभित्र पनि विभिन्न सर्त र सीमा भित्र रकम अफर गरिएको छ । जस्तै, एन आई सी एशिया बैंकले १ लाखको मेडिकल बीमा सुविधा अन्र्तगत रु.८०,००० अस्पताल भर्ना बापत र रु. २०,००० ओपीडी बापत बीमा दिने दाबी गरेको छ ।

ओपीडी अन्तर्गत सर्वाधिक उच्च बीमा दिने बैंक एन आई सी एशिया नै रहेको छ । यसर्थ, उक्त ओपीडी बीमा सेवाले ग्राहकवर्गलाई अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरु बापत रु. २०,००० सम्मको भरपाई गर्नेछ । माछापुच्छ्रेले ओपीडी बापत रु. १०,००० दिने जनाएको छ ।

बीमा सुविधा अन्तर्गत खातावालाका बैंकहरूले ग्राहकका आवश्यकता र बजारको मागअनुरुपका बचत खाता सुविधा ल्याएको जनाएका छन् । एन आई सी एशियाकोे बीमा सुविधामात्रै बजारका अन्य बैंकहरूको तुलनामा अत्याधिक धेरै रहेको देखिन्छ ।

दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ भने १८ घातक रोगहरुको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र १ लाख रूपैयाँसम्मको औषधी उपचार बीमा सुविधा समेत गरी कुल रु. २१ लाख बराबरको बीमा सुविधा दिने एन आई सी एशिया बैंकले बताएको छ ।

मानौ कुनै ग्राहकले रु. २१ लाख रूपैयाँसम्मको बीमा आफैले गर्न परेमा करिब १४ हजार रूपैयाँ बराबरको बीमा शुल्क वापत बुझाउन पर्ने हुन्छ । तर एन आई सी एशिया बैंक स्वयंले उक्त बीमा सुविधा बापत लाग्ने बीमा शुल्क सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडलाई सम्झौंता अनुरुप बीमा शुल्क तिर्नेहुँदा ग्राहकवर्गलाई करिब १४ हजार रुपैयाँको फाइदा पुग्नेछ ।

अन्य बैंकको सुविधा पनि उस्तै छन् । मेगा बैंकले मेगा माया बचत खाता अन्तर्गत १४ लाख रूपैयाँ, माछापुच्छ्रे बैंकले स्मार्ट बचत खाता अन्तर्गत १४ लाख रूपैयाँ, सानिमा बैंकले सानिमा सम्पन्न बचत खाता अन्तर्गत १३ लाख ५० हजार रूपैयाँ, नबिल बैंकले नबिल प्रिमियम नारी बचत खाता अन्तर्गत १३ लाख रूपैयाँ, सनराइज बैंकले सनराइज महाबचत खाता अन्तर्गत ६ लाख रूपैयाँ, एभरेष्ट बैंकले एभरेष्ट स्पेसल बचत खाता अन्तर्गत ६ लाख रूपैयाँ, हिमालयन बैंकअन्तर्गत सुपर प्रिमियम बचत खाता अन्तर्गत ५ लाख रूपैयाँ र नेपाल इन्भेष्टमेन्ट बैंकले सुरक्षा बचत खाता अन्तर्गत २ लाख रूपैयाँ बराबरको बीमा सुविधासहित ग्राहकहरुसम्म पुगिरहेका छन् ।

एनआईसी एशियाले कर्जाको प्रशासनिक शुल्क (खुद्रा ऋण) मा फ्ल्याट २५ बेसिस पोइन्ट छुट दिने भनेको छ भने हिमालयन बैंकले ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । तर अन्य बैंकहरुले यस्तो सुविधा दिएको देखिदैन । यसबाहेक खातावालालाई कर्जाको ब्याजदरमा (खुद्रा ऋण) मा पनि विशेष सहुलियत प्रदान गर्ने एन आई सी एशिया बैंकले जनाएको छ ।

निकै नै गतिशिल शैलीमा बैंकिङ्ग गरिरहेको एन आई सी एशियाले ग्राहकलाई आफ्नो बैंकमा आकर्षित गर्न उच्च फाईदा प्रदान गर्नेगरी उपयोगी योजनाहरु पस्केको छ । जस्तै डिम्याट खाता निःशुल्क खोलिदीने, निःशुल्क ई–कमर्श एक्टिभेसन, पेन्सनको आधारमा कर्जा सुविधा दिने, जेष्ठ नागरिकलाई होम बैंकिङ्गको सुविधा दिने, अन्तर्राष्ट्रिय डलर कार्डको जारी शुल्कमा शत प्रतीशत मिनाह गर्ने, लगाएतका थुप्रै निःशुल्क सुविधाहरु समाहित गरेको छ । यस्ता सुविधाहरु लिने खातावालाले साँच्चीकै चमत्कार आभाष गर्ने बैंकले आफ्ना विभिन्न संचार सुचनाहरुबाट आमजनमानसलाई भन्दै आइरहेको छ ।

सोही खाता योजना अन्तर्गत एन आई सी एशिया बैंकले न्यू सुपर चमत्कारिक बचत खाता खोल्ने ग्राहकका लागी एटीएम कार्ड, डेबिट कार्ड, क्रेडिट कार्डजस्ता सुविधाहरु निःशुल्क उपलब्ध गराउँछ । नेपालको कुनैपनि बैंकको एटीएमबाट निःशुल्क रुपमा रकम झिक्न मिल्ने व्यवस्था यस खातामा रहेको छ ।

माथी उल्लेखित बीमा, कर्जा र अन्य सुविधा बाहेक एन आई सी एशियाले नेपालमै पहिलो पटक अत्यन्त पृथक एवं लाभदायी स्वीप इन/स्वीप आउट सुविधा आफ्ना ग्राहकहरु सामु पस्केको छ ।
स्वीप इन/स्वीप आउट एक विशेष किसिमको सुविधा हो जसमा तपाईले खोल्नु भएको न्यू सुपर चमत्कारिक बचत खाताहरुमा स्वतः मुद्दती खाताको लाभ प्राप्त गर्नुहुनेछ ।

अर्थात् तपाईले अहिले बचत खातामा पाइरहनु भएको ब्याजदर ६.५% बाट स्वतः बढेर ९.७५% सम्म पुग्नेछ भने यसमा मुद्दती खाताकोे जस्तो निश्चित समय सम्म रकम होल्ड गनुपर्ने झन्झट भने रहदैन ।

स्विप इन–स्विप आउट सुविधा अन्तर्गत एन आई सी एशिया बैंकले न्यू सुपर चमत्कारिक बचत खातामा रु २ लाखभन्दा बढी रकम भएमा, उक्त बढी रकमलाई रु १०,०००ले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा ९.७५ प्रतिशत सम्मको ब्याजदर प्रदान गर्नेछ ।

यसरी मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकता अनुसार सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिन्छ । यो सुविधा बैंकले न्यू सुपर चमत्कारिक बचत खाता(डायमण्ड श्रेणीका ग्राहकहरुलाई स्वतः उपलब्ध गराउँदछ ।

स्वीप इन/स्वीप आउट सुविधामा एन आई सी एशियाले ९.७५प्रतिशत वार्षिक ब्याजदर प्रस्ताव गरेको छ भने अन्य बैंकहरुले यस्तो सुविधा दिएका छैनन । यो मानेमा धेरै रकम बैंकमा जम्मा गरिरहनु पर्ने तर काम–कारणबस मुद्दती खातामा राख्न नसक्ने ग्राहकलाई एन आई सी एशिया बैंक उत्तम रहेको देखिन्छ ।

वास्तवमै ग्राहकले पाउने बीमा सम्बन्धी फाइदा, कर्जा सम्बन्धी फाइदा र अन्य सुविधा बापतको फाइदाको कुल गणना गर्ने हो भने, एन आई सी एशिया बैंकको न्यू सुपर चमत्कारिक बचत खातामा साँच्चैको अतुलनिय तथा असिमित फाइदाहरु ग्राहकले प्राप्त गर्न सक्नुहुनेछ । यसकारण अहिले बजारमा बैंकहरुले दियका सुविधाहरु केलाउने हो भने बीमा सुविधा, कर्जा सुविधा, स्विप इन–स्विप आउट सुविधा, र अन्य निःशुल्क बैंकिङ्ग सुविधाहरु हेर्दा एन आइ सी एशिया बैंकको न्यू सुपर चमत्कारिक बचत खाता नै अब्बल देखिन्छ ।

बैंकहरूले दिने अन्य विभिन्न सुविधाहरुः

एन आई सी एशिया नबिल मेगा सानिमा माछापुच्छ्रे सनराइज एभरेष्ट हिमालयन ग्लोबल आइएमई
बीमा रकम रू. २१ लाख रू. १३ लाख रू. १४ लाख रू. १३.५ लाख रू. १४ लाख रू. ६ लाख रू. ६ लाख रू. ५ लाख रू. ५ लाख
ब्याज ६.५% ५.२५% ५.५% ६.५% ५.५% ६% ४.५% ४.७५% ६%
डेबिट कार्ड पहिलो वर्षको लागि निशुल्क २५% छुट कुल मूल्यमा छुट उपलब्ध छैन पहिलो वर्षको लागि निशुल्क पहिलो वर्षको लागि निशुल्क जारी शुल्क मिनाहा उपलब्ध छैन ५०% छुट
क्रेडिट कार्ड पहिलो वर्षको लागि निशुल्क २५% छुट कुल मूल्यमा ५०% छुट उपलब्ध छैन पहिलो वर्षको लागि निशुल्क उपलब्ध छैन ५०% छुट उपलब्ध छैन ५०% छुट
इन्टरनेट बैंकिङ्ग पहिलो वर्षको लागि निशुल्क पहिलो वर्षको लागि निशुल्क १००% छुट उपलब्ध छैन पहिलो वर्षको लागि निशुल्क निशुल्क उपलब्ध छैन उपलब्ध छैन निशुल्क
Sweep In/Sweep Out facility ब्याजदर ९.७५% वार्षिक उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन
कर्जा प्रशासनीक शूल्कमा छुट (खुद्रा ऋण) फ्ल्याट २५ बेसिस पोइन्ट उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन ५०% छुट उपलब्ध छैन
आधार दर + छुटसहितको ३% (जेष्ठ) उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन
कर्जा ब्याजदर छुट (खुद्रा ऋण) पहिलो वर्षको लागि निशुल्क १००% छुट उपलब्ध छैन पहिलो वर्षको लागि निशुल्क पहिलो वर्षको लागि निशुल्क निशुल्क उपलब्ध छैन पहिलो वर्षको लागि निशुल्क
ATM (पैसा झिकेको शुल्क÷ब्यालेन्स जानकारी) पहिलो वर्षको लागि निशुल्क उपलब्ध छैन उपलब्ध छैन नेपाल अधिराज्यका सम्पूर्ण एटिएममा निशुल्क उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन
लकर मार्जिन नेपाल अधिराज्यका सम्पूर्ण एटिएममा निशुल्क २५ छुट उपलब्ध छैन १००% छुट उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन
लकर वार्षिक शुल्क १००% छुट उपलब्ध छैन उपलब्ध छैन पहिलो वर्षको लागि ५०% छुट ५०% छुट ५०% छुट ५०% छुट सानो आकारको लकरमा (एक पटकसम्म) ५०% छुट ५०% छुट
ABBS पहिलो वर्षको लागि १००% छुट उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन निःशुल्क निःशुल्क उपलब्ध छैन निःशुल्क निःशुल्क
मासिक निक्षेप खाताको सुविधा निःशुल्क उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन
DEMAT उपलब्ध छ उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन निःशुल्क उपलब्ध छैन निःशुल्क उपलब्ध छैन उपलब्ध छैन
E-commerce activation पहिलो वर्ष निःशुल्क उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन
पेन्सनको आधारमा कर्जा सुविधा निःशुल्क उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन
Home Banking उपलब्ध छ उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन
अन्तराष्ट्रिय डलर कार्ड न्यू सुपर चमत्कारिक बचत खातामा उपलब्ध छ उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन
FCY Premium Rebate (limited to USD, GBP, EUR, CAD and AUD only) जारी शुल्कमा १००% छुट उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन उपलब्ध छैन

–बैंकहरुले वेबसाइटमा राखिएका सूचनामा आधारित ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment