Comments Add Comment

एर्लिन हालान्ड बने च्याम्पियन्स लिगमा बार्सिलोनाभन्दा धेरै गोल गर्ने खेलाडी

काठमाडौं । नर्वेका यी टिनएज फरवार्ड गोल गर्न माहिर छन् । गोल मेसिन भन्दा फरक पर्दैन यीनलाई । १९ वर्षीय एर्भिन बट हालान्डले जर्मन बुण्डेसलिगमा र युरोपियन च्याम्पियन्स लिगमा यस सिजन लगातार गोल गरिरहेका छन् ।

जर्मनीमा त उनी यही जनवरी विन्डोमा पुगेका थिए । तर बोरुसिया डर्टमण्डका लागि उनले डेब्यु खेलदेखि नै गोल गर्न थाले ।

०००

३९ गोल, ६ ह्याट्रिक,  बोरुसिया डर्टमण्डका लागि ७ खेलमा ११ गोल । ७ च्याम्पियन्स लिग खेलमा १० गोल । र उमेर जम्मा १९ वर्ष । उनै एर्लिन हालान्डको यस सिजनको गोल स्कोरिङ स्ट्याट्स हो यो ।

नर्वेली युवा स्टारको गोल स्कोरिङ फर्मलाई काम राख्दै २ गोल गरेपछि डर्टमण्डले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पीएसजीलाई २-१ ले  हरायो ।

उनले डर्टमण्डका लागि एउटा ट्याप इनमा गोल गरे अर्को २० इड टाढाबाट शानदार गोल गरे । पीएसजीविरुद्ध २ गोल गरेपछि उनी च्याम्पियन्स लिगमा सबैभन्दा छिटो १० गोल पूरा गर्ने खेलाडी बने ।

उनले च्याम्पियन्स लिग इतिहासमै १० गोल पूरा गर्न अन्य खेलाडी भन्दा ४ खेल कम खेले । र एकै सिजन गोलको ‘डबल फिगर’ पूरा गर्ने एक्लो टिनएजर समेत बने ।

किलिएन एमबाप्पे जो खेलमा हालान्डको विपक्षी थिए उनले समेत यो उपलब्धि हासिल गर्न सकेनन् । क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीले समेत यो गर्न सकेका थिएनन् ।

यी युवा स्ट्राइकरले अर्को उपलब्धिसमेत हासिल गरे । उनले यस सिजन बार्सिलोना टिमले गरेको भन्दा बढी गोल गरिसकेका छन् । र उनी डर्टमण्डको इतिहासमा तीन परक प्रतियोगिताको पहिलो खेलमै गोल गर्ने पहिलो खेलाडीसमेत बने । उनले जर्मन लिग बुण्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिगमा डर्टमण्डका लागि पहिलो खेलमै गोल गरे ।

हालान्डले यस सिजन जर्मनीकै अर्को क्लब वायर्न म्युनिखका रोवर्टो लेवान्डोस्की समान सर्वाधिक १० गोल गरेका छन् ।

उनी अझै राम्रो गर्न सक्नेमा आशावादी छन् । ‘म्यान अफ दि म्याच अवार्डका लागि म खुशी छ । तर मेरो विचारमा मैले अझै राम्रो गर्न सक्छु । मैले यो लेभलमा राम्रो खेल्नुपर्छ र सुधारका लागि कडा मिहिनेत गर्नुपर्छ,’ खेलपछि हालान्डले भने ।

उनले रिजल्टलाई खतरानाकको संज्ञा दिँदै पिएसजी बलियो टिम भएकोले दोस्रो लेगमा अझै सम्भावना रहेको बताए ।

यही जनवरीमा डर्टमण्डमा आबद्ध भएयता उनले ४५० मिनेट खेल्दै ११ गोल गरेका छन् र औसतमा ४१ मिनेटमा १ गोल पर्न आउँछ ।

यस सिजन बुण्डेसलिगमा ११ खेलाडीले मात्र हालान्ड भन्दा बढी गोल गरेका छन् । तर हालान्डले जमम् ५ खेल मात्र खेलेका छन् ।

उनले महिनाभर एक घण्टाभन्दा कम समय खेलेर पनि जनवरीमा बुण्डेसलिगा प्लेअर अफ दि मन्थको अवार्डसमेत जिते ।

लिड्समा जन्मेका हालान्ड लिड्स तथा म्यानचेष्टर सिटीका पूर्वखेलाडी अलफ इङ्ग्ने हालान्डका छोरा हुन् ।

डर्टमण्ड आउनुअघि उनी इंग्ल्याण्डकै म्यानचेष्टर युनाइटेड र इटलीको युभेन्ट्स जाने हल्लासमेत चलेको थियो । तर जर्मन क्लब डर्टमण्डल उनलाई २० मिलियन युरोमा अष्ट्रियन क्लब रेड बुल साल्जवर्गबाट अनुबन्ध गर्न सफल भयो ।

जर्मन क्लब जानुअघि उनले च्याम्पियन्स लिगकै समूह चरणमा साल्जवर्गका लागि ८ गोल गरिसकेका थिए । यसअघि उनलाई दुई क्लबबाट एकै सिजन खेल्न अनुमति दिएको थिएन । तर युईएफएको गत सिजन नियम परिवर्तन गरेकोले अब कुनै खेलाडीले अघिल्लो क्लबबाट च्याम्पियन्स लिग खेलेको भएपनि कुनै फरक पर्ने छैन ।

‘उनी गोल स्कोरर हुन्छ, उनी १९ वर्ष भए र ग्रेट ट्यालेन्ट हुन् ।’ डर्टमण्डका टिममेट एक्सल विट्सलले भने । ‘उनले अझ सुधार गर्नुपर्ने ठाउँहरु छ तर उनी साँच्चीकै उत्कृष्ट खेलाडी बन्ने बाटवमा छन् ।’

हालान्डले डर्टमण्ड आउनुअघि यसै सिजन साल्जवर्गका लागि १४ खेलमै २८ गोल गरिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment