Comments Add Comment

वुहानबाट ल्याइएका सबै सुरक्षित

७ फागुन, काठमाडौं । चीनको वुहानबाट उद्दार गरिएको सबै १७५ जनामा कोराना भाइरसको संक्रमण नभएको पाइएको छ ।

उनीहरुलाई आइतबार विहान काठमाडौं ल्याइएको थियो । र, नाक र घाँटी र नाकबाट स्याम्पल लिएर परीक्षण गरिएको थियो । त्यसको रिपोर्ट नेगेटिभ पाइएको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले जानकारी थिए ।

वुहानबाट उद्दार गरिएकाहरुलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । मन्त्रालयकाअनुसार क्वारेन्टाइनमा राखेको १४ दिनमा फेरि स्वास्थ्य जाँच गरिनेछ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठकाअनुसार अहिलेसम्म नेपालमा २१० जनाको कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो । उनीहरु मध्ये एक जनाको मात्र रिपोर्ट पोजेटिभ आएको थियो तर उनी पनि अहिले स्वस्थ भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment