Comments Add Comment

सन्तानले महशुस नगर्ने बुवाको मर्म

सन्तान ठूलो हुँदै जाँदा उसमा आउने धेरै गुण, अवगुणमा आमाको खास हात हुन्छ । सन्तानलाई कस्तो संस्कार र शिक्षा दिने भन्ने कुरा आमाको माध्यमबाट नै हुन्छ ।

तर, आमाको कारण मिलेको माया र करुणाको कुरा गर्दै गर्दा  धेरैले आफ्नो जीवनमा बुवा बाट  परेको प्रभाव भने महशुस गर्दैनन् । बुवा बाट सन्तानमा सर्ने तर उनीहरुले अक्सर महशुस नगर्ने केही प्रभाव यहाँ उल्लेख छ –

१. सुरक्षित महशुस

सन्तानमा बुवा को निकै गहिरो भावनात्मक सम्बन्ध हुन्छ । यो सम्बन्धको कारण सन्तानले बुवा को साथमा भएको बेला सुरक्षित र पूर्ण आत्मविश्वासको महशुस गर्न सक्छन् । उमेर बढ्दै जाँदा उनीहरुको जीवनमा निकै उतारचढाव आउँछ । यस्तोमा उनीहरुको लागि बुवा को सहयोग सबै भन्दा महत्वपूर्ण बन्न सक्छ । बुवा को सहयोगले सन्तानलाई सामाजिक विकास र समाजमा चिनाउन पनि सहयोग पुर्‍याउँछ ।

२. सम्बन्ध बनाउने तरिका

सन्तानले आफ्नो बुवा ले अन्य मानिसँग कसरी सम्बन्ध बनाउँछन् र उनीहरुसँग कसरी प्रस्तुत हुन्छन् भन्ने कुरालाई नियालिरहेका हुन्छन् । ठूलो भएपछि उनीहरुमा पनि बुवा ले गरेको जस्तै हिसाबले आफ्नो सम्बन्ध बनाउन थाल्छन् । उनीहरुमा साथी, प्रेमी/प्रेमिका वा कामको क्रममा जोडिन आउने मानिसहरुसँग बुवा ले गरेको जस्तै तरिकाले सम्बन्ध विस्तारको काम शुरु गर्छन् ।

३. आफैंमा विश्वास गर्न

बुवा को प्रभावले सन्तानलाई आफैंमा विश्वास गर्ने बानीको विकास गराउँछ । कहिलेकाहीँ सन्तान कुनै सानोतिनो समस्यामा पर्दा बुवा ले त्यसलाई वेवास्ता गरिदिन्छन् । यसबाट उनीहरुले समस्या समाधान गर्न सक्छु भन्ने विश्वास उनीहरुमा बढाउँछ ।

४. बौद्धिक विकास

सन्तानको बौद्धिक विकासमा पनि बुवा को ठूलो भूमिका हुन्छ । बुवा ले अफ्ना सन्तानसँग कुरा गर्दा उनीहरुको धेरै शब्दको ज्ञान बढ्छ । साथै उनीहरुलाई जटिल भाषा बुझ्ने क्षमता पनि बढ्छ । यसले उनीहरु सिक्ने क्षमता पनि तुलनात्मक रुपमा अरुभन्दा अगाडि हुन्छन् । त्यस्तो वातावरणमा हुर्केका बालबालिकाम कठिन प्रश्नको समाधान गर्न सक्ने किसिमका हुन्छन् । साथै अन्य सामान्य बालबालिकाको तुलनामा मेघावी पनि हुन्छन् ।

५. पुरुषप्रतिको धारणा

सन्तानमा बुवा को प्रभावले लैङ्गकि हिसाबमा आफ्नो धारणा बनाउने गर्छन् । केटाहरुले आफ्नो भावनालाई कसरी नियन्त्रणमा राख्ने भन्ने कुराको ज्ञान बुवा बाट सिक्छन् भने केटीहरुले अन्य मानिससँग सम्बन्ध बनाउँदा बुवा बाट उनीहरुलाई कसरी विश्वास गर्ने र उनीहरुसँग कस्तो व्यवहार गर्ने भन्ने कुरा सिक्छन् ।

६. वास्तविक जीवनको लागि तयार पार्नु

आमाले धेरैजसो समस्यामा आफ्नो सन्तानलाई संरक्षण गर्ने प्रयास गर्छिन् । तर, बुवा ले भने समस्यासँग लड्न तयार बनाउने प्रयास गर्छन् । बुवा ले आफ्ना सन्तानलाई न्याय, स्वच्छता, कर्तव्य लगायतका कुरा सिकाउँछन् । धेरै हकमा बुवा ले सन्तानलाई कडाइ र अनुशासनमा राख्ने प्रयास गर्छन् । यसले उनीहरुलाई वास्तविक जीवनमा अघि बढ्न सहयोग पुर्‍याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment