Comments Add Comment

एटलान्टाको शानदार जित

८ फागुन, काठमाडौं । इटालियन क्लब एटलान्टाले युरोपियन च्याम्पियन्स लिगको डेब्यु सिजनमै उत्कृष्ट प्रदर्शनलाई कायम राख्दा अन्तिम १६ को पहिलो लेगमा भ्यालेन्सियामाथि शानदार जित हात पारेको छ । बुधबार राति घरेलु मैदानमा भएको पहिलो लेगमा एटलान्टाले स्पानिस क्लब भ्यालेन्सियालाई ४-१ ले हरायो ।

एटलान्टाका लागि हान्स हाटबोरले दुई गोल गरे । दुवै हाफमा टिमले दुई-दुई गोल गर्दा उनले एक-एक गोल गरे । घरेलु मैदानमा हाटबोरले १६औं मिनेटमा गोल गर्दै एटलान्टालाई पहिले अग्रता दिलाएका थिए । ४२औं मिनेटमा जोसिफ इलिसिचले गोल गर्दै पहिलो हाफमा एटलान्टाको अग्रता दोब्बर पारे ।

५७औं मिनेटमा रेमो फ्रुलरले गोल गरेपछि एटलान्टाले ३-० को अग्रता बनायो । ६२ औं मिनेटमा हाटबोरले व्यक्तिगत दोस्रो गोल गर्दा एटलान्टाले अग्रता अझ फराकिलो बनायो । भ्यालेनसियाका लागि डेनी चेरिसोभले ६६औं मिनेटमा एक गोल फर्काएपनि एटलान्टाको फराकिलो हार रोक्न सकेन ।

दोस्रो लेग मार्च १० मा एटलान्टाको घरेलु मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment