+
+

दाङबाट १७५ ले लिए अंगीकृत नागरिकता

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ८ गते ८:३९

८ फागुनन, दाङ । नयाँ संविधान जारीपछि दाङबाट १७५ ले अंगीकृत नागरिकता लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङका नायब सुब्बा भूपेन्द्र सिंह थापाका अनुसार, आर्थिक वर्ष ०७२–७३ मा २६, ०७३/७४ मा २१, ०७४/७५ मा ३३, ०७५/७६ मा ३७ र चालु वर्षको हालसम्म ५८ ले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् ।

अंगीकृत नागरिकता लिने अधिकांशमा नेपाली पुरुषसँग बिहे गरेका भारतीय महिला रहेको उनले जानकारी दिए ।

संविधानमा वंशज, अंगीकृत र आवासीय गरी तीन प्रकारले नागरिकता पाउन सकिने व्यवस्था छ । यसैगरी अङ्गीकृत नागरिकता वैवाहिक र जन्मको आधारमा दिइने प्रावधान रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?