Comments Add Comment

सञ्चारमन्त्रीको अडियो प्रकरणको छानबिन गर्न विवेकशीलको माग

८ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणबारे छानबिन गर्न विवेकशील नेपाली दलले माग गरेको छ ।

मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि विवेकशीलले विज्ञप्तिमार्फत निलम्बन गरी छानबिन गर्न माग गरेको हो ।

उपाध्यक्ष अजीता राईले विवेकशीलको गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्री बाँस्कोटामाथि अनुसन्धान अघि बढाएर सत्य-तथ्य सार्वजनिक गरी कानुनी प्रक्रिया अगाडि बढाउन माग गरेकी छन् ।

मन्त्री बाँस्कोटाको अडियो प्रधानमन्त्रीले डेढ महिनाअघि नै सुकेको समाचार प्रकाशित हुनुले ‘म भ्रष्टाचारीको मुख पनि हेर्दिनँ’ भन्ने कुरा खोक्रो भाषणमा परिणत हुँदै गएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment