+
+
Shares

आठौँ दिनमा लक्ष्मण थारुले तोडे अनसन

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ८ गते २०:१२

८ फागुन, धनगढी । धनगढीमा आमरण अनशन बसेका थरुहट थारुवान् राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले अनसन तोडेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशम चौधरीसहित ११ जना कैदीबन्दीको रिहाइ लगाएको माग राख्दै फागुन १ गतेदेखि अनशन बसेका थारुले आठौं दिनमा बिहीबार अनसन तोडेका हुन् ।

उनलाई कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जुस खुवाएर अनसन तोडाएका थिए ।

जिल्लास्थित विभिन्न राजनैतिक दलहरूले माग पुरा गराउन पहल गर्ने लिखित प्रतिबद्धता दिएपछि उनले अनसन तोडेका हुन् ।

टीकापुर घटनाबारे सत्य तथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वमा बनेको समिति र अन्य विभिन्न समयमा बनेका छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न र अन्य मागहरू राजनैतिक रूपले पुरा गर्न जिल्लाका क्रियाशील राजनैतिक दलहरू एक भएपछि अनसन तोडेको थरुहट थारुवान् राष्ट्रिय मोर्चाका सल्लाहकार कृष्णकुमार चौधरीले बताए ।

उनले आन्दोलनका अन्य विकल्प अघि सार्ने विषयमा पनि सहमति भएको जानकारी दिए ।

‘सरकारले हाम्रो माग सम्बोधन गर्न चासो दिएन । तर, यहाँका दलहरूले सरकारलाई पहल गर्ने बताएपछि अनसन तोडिएको हो’ उनले भने, ‘अनसन तोडे पनि हाम्रो आन्दोलन भने रोकिने छैन ।’

अनसन तोडेलगत्तै थारुले माग सम्बोधनका लागि आन्दोलन जारी रहने बताए । उनले भने, ‘१४ बुँदे माग लिएर म अनसनमा बसेको थिएँ । सरकारले माग सम्बोधनमा चासो नदिए पनि यहाँ राजनैतिक दलहरूले प्रतिबद्धता जनाएका छन् । भोलिबाट आन्दोलनको अर्काे स्वरूप रहन सक्छ ।’

मोर्चाको आन्दोलन तथा अनशनलाई आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान सङ्घर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, सङ्घीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत सङ्घ संस्थाले ऐक्यबद्धता जनाएका थिए ।

अस्वस्थ बन्दै गरेका थारुको माग पूरा गराउन र अनसन तोडाउन संवाद समितिले पहल गरेको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?