Comments Add Comment

स्मिता र सरोजले गाए, ‘कमेरोले पोतेको दुई तलाको घर’

कलिलै उमेरमा एकल सांगीतिक प्रस्तुती दिएकी स्मिता दाहालले अहिले आफ्नो छुटै चिनारी बनाइसकेकी छिन् । उनै स्मिताले ‘माछीले खाने खोलीको लेउ’ फेम गायक सरोज ओलीसँग स्वर मिलाएकी छिन् । गीतको बोल छ, कमेरोले पोतेको ।’

गीतका सर्जक हुन्, दिनेश थपलिया । थपलिया प्रमुख निर्वाचन आयुक्त हुन् । उक्त गीतमा कार्टुन क्रुका कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्मा तथा चर्चित युट्युबर जिवेश गुरुङको अभियन रहेको छ ।

‘कमेरोले पोतेको दुई तलाको घर’ गीतमा दिपक शर्माको संगीत रहेको छ । एरेन्जमा उदयराज पौडेल, मिक्सिङ श्याम स्वोयत रसाइलीको रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको गीतको सम्पादन अमन मानन्धरले गरेका हुन् । कोरियोग्राफर विक्रम सुनार रहेको गीतलाई गायक सरोज ओलीले निर्देशन गरेका छन् । गीतलाई शुभ मिडिया होमले निर्माण गरेको हो ।

गीतको भिडियोको शुटिङ झापाको धुलावारी, मागुरमाडीमा परम्परागत घरहरु निर्माण गरि अत्याधुनिक प्रविधि प्रयोगसहित गरिएको निर्देशक ओलीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment