+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बास्कोटासँगै अरू संलग्नमाथि पनि निष्पक्ष छानबिन हुनुपर्छ : महत

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ९ गते १०:५८

९ फागुन, पर्सा । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासँगै यसमा संलग्न अन्य व्यक्तिमाथि पनि निष्पक्ष छानबिन गर्न कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले माग गरेका छन् ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा एजेन्टसँग गरेको कमिसन डिलको अडियो सार्वजनिकपछि बास्कोटाले शुक्रबारै पदबाट राजीनामा दिएका छन् । तर, कांग्रेस सहमहामन्त्री महतले यो प्रकरणमा अन्य पात्र पनि संलग्न भएको देखिएकाले निष्पक्ष छानबिन गर्नुपर्ने मत राखेका छन् ।

‘सेक्युरिटी प्रेस खरिद प्रकरणमा बास्कोटासँगै अन्य व्यक्ति पनि संलग्न हुनसक्ने देखिएको छ,’ प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले भने, ‘बास्कोटासँगै यसमा संलग्न अन्य पात्रबारे पनि छानबिन गरेर सत्यतथ्य सतहका ल्याउनुपर्छ ।’

प्रधानमन्त्रीले बास्कोटा प्रकरणमा प्रधानमन्त्रीले सदनसमक्ष जवाफ दिनुपर्ने माग पनि अघि सारेका छन् ।

नेता महतले नेपाल प्रहरी सरकारमुखी भएको आरोप पनि लगाए । पार्टीनिकट विद्यार्थी संगठनको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपविरुद्ध आक्रोस पोख्दै उनले जनताप्रति उत्तरदायी हुन प्रहरीलाई आग्रह गरे ।

‘ हाम्रा भातृ संस्थाका नेता–कार्यकर्ताले भ्रष्टाचारको विरोध गर्दा पुलिसले लाठीचार्ज गरेको छ,’ महतले अगाडि भने, ‘प्रहरी सरकारमुखी नबनेर जनताप्रति उत्तरदायी हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?