+
+
Shares

इन्डोनेसियामा हुने टेनिस प्रतियोगितामा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ९ गते १६:१०

काठमाडौं । इन्डोनेसियामा हुने आईटीएफ जुनियर डेविस कप तथा फेड कपमा नेपालबाट ६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा सहभागी हुन ६ सदस्यीय नेपाली लनटेनिस टोली शुक्रबारै इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ ।

फेब्रुअरी २२ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालका ३ महिला र ३ पुरुष खलाडीले चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुष खेलाडीमा निहाल जंगबहादुर थापा, प्रसिद्ध मोक्तान र निश्चल कायश्थ तथा महिलामा रायना शाह, इशाश्री शाह र सिरिष्ता राई रहेका छन् । प्रशिक्षकमा कृष्णराज घले छन् । घले आईटीएफ वर्ल्ड जुनियर टेनिस च्याम्पियनसिपका लागि जकार्तामै छन् ।

पुरुष खेलाडीले डेविस तथा महिलाले फेड कपमा सहभागिता जनाउने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । टोलीलाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले शुक्रबारै सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?