Comments Add Comment

रियल मड्रिड अनौठो क्लब हो : रहिम स्टर्लिङ

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटीका खेलाडी रहिम स्टर्लिङ स्पानिस क्लब रियल मड्रिडलाई फ्यानटास्टिक (अनौठो) क्लब भनेका छन् । तर उनले अहिले आफू म्यानचेष्टर सिटीमै खुशी रहेको समेत बताए ।

सिटीलाई युईएफले च्याम्पियन्स लिग खेल्नबाट २ वर्ष प्रतिबन्ध लगाउने जनाएपछि अहिले स्टर्लिङको नाम पनि रियल मड्रिडसँग जोडिन थालेको छ । यद्यपि सिटीले यसबारे उच्च खेल अदालतमा अपिल गर्ने जनाएको छ ।

‘अहिले म सिटीमा छु र एमदकै खुशी छु ।’ स्टर्लिङले भने । ‘तर रियल मड्रिड फ्यान्टास्टिक क्लब हो ।’ स्पानिस अनलाइन एएसलाईसँगको कुराकानीमा स्टर्लिङले भनेका छन् ।

उनले रियलले लगाउने सेतो जर्सीले आफू आकर्षित भएको बताए । ‘जब तपाईंले सेतो जर्सी देख्नुहुन्छ क्लबले के देखाउँछ थाहा पाउनुहुनेछ, यो धेरै ठूलो छ ।’
स्टर्लिङले अहिले आफू सिटीमै खुशी रहेको बताए । ‘तर यही समयमा मेरो सम्जौता सिटीसँग छ र मैले त्यसलाई सम्मान गर्नपर्छ । तर रियल अनौठो क्लब हो ।’

स्टर्लिङले यी सबै कुरा युरोपियन च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा रियलविरुद्ध खेल्नुअघि भनेका हुन् । सिटी र रियल मड्रिडबीच आउने बुधवार रियलको मैदानमा पहिलो लेगको खेल हुँदैछ। दोस्रो लेग मार्च १७ मा सिटीको मैदानमा हुनेछ ।

स्पानिस जायन्ट रियलले कीर्तसमानी १३ पटक च्याम्पियन्स लिग जितिसकेको छ । यसअघि जिनेदिन जिदान नै प्रशिक्षण हुँदा रियलले २०१६ देखि १८ सम्म लगातार ३ पटक च्याम्पियन्स लिग जितेको थियो ।

स्टर्लिङले लगातर तीन पटक च्याम्पियन्स लिग जित्नु कठिन काम भएको बताएका छन् । जिदानले भाग्यले गर्दा यो जितेको नभइ यसको फर्मुला रहेको स्टर्लिङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment