+
+
Shares

वर्ष खेलाडीलाई ग्लोबल आईएमईको पुरस्कार प्रायोजन

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ९ गते १७:३८

९ फागुन, काठमाडौं । ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघद्धारा आयोजित स्र्पोट्स अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ ।

पुरुषतर्फ सर्वोकृष्ट हुनु भएका प्याराग्लाईडिङका विमल अधिकारी र महिलातर्फ सर्वोकृष्ट भएका तेकवान्डोकी निमा गुरुङ्गलाई यस बैंकका नायव प्रमुख कार्यकारी अधिकृतसुजितकुमार शाक्यले जनही १ लाखको चेक हस्तान्तरण गरे ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नेपाली खेलकुदको विकाश र विस्तारको लागि निरन्तर रुपमा खटि काम गर्ने संघसंस्था, व्यक्तित्वहरु ल्गायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुको मनोबल बढाउने उद्देश्यले विगत १३ वर्षदेखि निरन्तर स्र्पोट्स अवार्ड प्रदान गर्दै आईरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै १४औं एनएनआईपिए स्र्पोट्स अवार्ड २०७६ साल फागुन ०६ गते वसन्तपुरको डवलीमा आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?