Comments Add Comment

जेपी र मेलिनाको स्वरमा ‘माया जोख्ने के होला’

गायक जेपी नेम्बाङ र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ सालैजो गीत सार्वजनिक भएको छ ।

शुक्रबार गायक नेम्बाङ कै युट्युब च्यानलबाट रिलिज गरिएको ‘माया जोख्ने के होला’ बोलको गीतमा शशी गुरुङ बाङ्देलको शब्द संगीत रहेको छ ।

उमेश गुरुङको निर्देशनमा तयार भएको भिडियोमा निरञ्जली लामा, आनन्द गुरुङ, श्याम राई, रमिला गुरुङ, दीपा सुहाङ राई र एकान्त लिम्बुलाई फिचर गरिएको छ । रोधी बसेर गीत गाउँदा माया परिती बसेको कुरालाई भिडियोमा प्रस्तुत गरिएको छ ।

भिडियोको करियोग्राफर निर्देशक गुरुङ आफैँ हुन् । आर्यन मगर सह-निर्देशकको रुपमा रहेको भिडियोलाई मधुर बस्नेत र धन खालिङले खिचेका हुन् । भिडियो सम्पादनको जिम्मा भने सुजन शाहीले पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment