Comments Add Comment

रामेछापको तामाकोसीमा पनि र्‍याफ्टिङ

११ फागुन, रामेछाप । दोस्रो रामेछाप महोत्सव र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी तामाकोसी नदीमा शनिबारबाट र्‍याफ्टिङ सेवा सुरु गरिएको छ । किङ्ग स्टार क्रियसन प्राइभेट लिमिटेडले शनिबारबाट लिखुतामाकोसी गाउँपालिकाको तिल्पुङदेखि मन्थली विमानस्थलसम्म सेवा सञ्चालन गरेको हो ।

रामेछापको देवीटारदेखि खुर्काेटसम्म सहजै र्‍याफ्टिङ सञ्चालन गर्न सकिने र्‍याफ्टिङ चालक निराजन रायमाझीले बताए ।

अहिले तिल्पुङ खोला दोभानदेखि मन्थलीसम्मको र्‍याफ्टिङ गर्नका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको संचालक किङ्ग स्टार क्रियसन प्राइभेट लिमिटेडका सिताराम लोहारले बताए । देवीटारदेखि खुर्काेटसम्म सेवा सञ्चालन गर्दा शुल्कमा केही परिमार्जन गर्नुपर्ने उनको भनाइ छ । तिल्पुङखोला दोभानदेखि मन्थलीसम्मको यात्रा करिब एक घण्टा ३० मिनेटको हुने छ ।

र्‍याफ्टिङको यात्रा सहासिक खेल भए पनि तामाकोसीको यो भागको यात्रा त्यति जोखिमपूर्ण नरहेको रायमाझीको भनाइ छ । उनले भने, ‘र्‍याफ्टिङ आफैंमा जोखिमपूर्ण खेल हो,  तर यहाँको पानीको बहावलाई हर्दा त्यति धेरै जोखिम छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment