+
+
Shares

सेयर बजारमा उछाल, जानकार भन्छन्– बढ्नु पर्ने समय नै हो

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ११ गते १३:१६

११ फागुन, काठमाडौं । सातको पहिलो आइतबार सेयर बजार ठूलो अंकले उकालो लागिरहेको छ । कारोबार खुला भएसँगै उकालो लाग्न शुरु भएको बजार १ बज्न नपाउदै ५० अंक नजिक पुगेको थियो ।

यद्यपि, बजारमा उतारचढाव पनि तीव्र देखिएको छ । कारोबार खुलेको ११३५ दशमलव ८७ अंकबाट शुरु भएको कारोबार २० कारोबार खुलेको २० मिनेटमा नै बढेर ११७८ दशमलव ११ अंकमा पुगेको थियो ।

११ बजेर २० मिनेट जादा भने बढ्ने क्रममा ब्रेक लाग्यो । त्यसपछि ओरालो लागेको बजार ११ बजेर ४२ मिनेट जादासम्म परिसूचक ११५३ मा झर्यो ।

त्यसपछि भने पुनः बजार उकालो लाग्न शुरु गरेको थियो । तीव्र उतारचढावका बीच १ बजेसम्म नेप्से परिसूचकमा ठूलो उकालो देखिएको छ । कारोबार रकम पनि यस अवधिमा १ अर्ब ७० करोड रुपैयाँ भन्दा माथि पुगेको थियो ।

यसरी एक्कासी बजार किन बढ्यो त ? पूर्ब बैंकर अनलराज भट्टराई भन्छन्, ‘बजार बढ्ने बेला नै भएको हो, तर यतिधेरै एक्कासी बढ्नु पर्ने भने खास कारण छैन ।’

उनले बजार बढ्नु वा घट्नुलाई सामान्य प्रक्रियाको रुपमा लिनु पर्ने भए पनि आइतबारको बजारको विषयमा के कारणले बढ्यो भन्न नसकिने बताए ।

सेयर बजारका जानकार अम्बिका प्रसाद पौडेल पनि आइतबार बजार यो नै कारणले बढ्यो भन्न नसकिने बताउछन् । ‘बजार घट्नु वा बढ्नु सामान्य प्रक्रिया हो, आज बैंक र बीमामा ठूलो सुधार देखिएको छ’ उनले भने, ‘यो नै कारणले गर्दा बजार बढ्यो भन्न त सकिदैन ।’

बजार अब घटेर धेरै तल नझर्ने समेत उनले बताए । सेयर बजारका लगानीकर्ताहरुको समूह नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष समेत रहेका पौडेलले बजारले अब उकालो यात्रा तय गरेको भन्दै तल झरे पनि तलको तलै भने अब बजार नरहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?