+
+

ॐ आदि फाउन्डेशनको आयोजनामा रक्तदान

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ११ गते १६:३६

११ फागुन, काठमाडौं । ॐ आदि फाउन्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रममा १३० जना सहभागीले रक्तादन गरेका छन् । हिन्दु धर्मावलम्बीहरुको पर्व महाशिवरात्रीको अवसर पारेर फाउन्डेसनले काठमाडौंको गौरीघाटमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

नेपाल मेडिसिटी अस्पतालको सहकार्यमा आयोजना एवं बालज्ञानी गुरु आदित्यको निर्देशनमा रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक हेमराज कार्कीले जानकारी दिए ।

संयोजक कार्कीका अनुसार ॐ आदि फाउन्डेशनका गुरू शिष्य, भक्तजनका साथै स्थानीयहरु समेत रक्तदानमा सहभागी थिए । रक्तदान गर्ने सबैलाई फाउन्डेशनले प्रमाणपत्र सहित सम्मान गरेको छ।

फाउन्डेसनले यस अघि गत ८ र ९ गते निःशुल्क स्वास्थ्य शिविर समेत सम्पन्न गरेको थियो । गौरीघाटको ॐ आदि कुञ्जमा रहेको त्रिगजुर शिवालय मन्दीर वालज्ञानी गुरु आदित्यको अवधारणा, डिजाइन तथा परिकल्पनामा निर्माण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?