Comments Add Comment

सिजनको पहिलो गोल्ड कपको उपाधि मच्छिन्द्रलाई

११ फागुन, झिलझिले (झापा) । लिग विजेता मच्छिन्द्र क्लबले सिजनकै पहिलो सताक्षी गोल्डकपको तेस्रो संस्करणको उपाधि हात पारेको छ ।

झापाको झिलझिलेमा आइतबार स्थानीय गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा भएको फाइनल खेलमा थ्रि–स्टार क्लबलाई १–० को अन्तरले हराउँदै मच्छिन्द्र च्याम्पियन बनेको हो ।

थ्रि-स्टारका खेलाडी अशोक खवासले मच्छिन्द्रका खेलाडी अडेलजा सोमिडेलाई डिबक्स एरियामा ‘फल’ गरेपछि प्राप्त पेनाल्टीबाट मच्छिन्द्र उपाधि रक्षा गर्न सफल भएको हो ।

उपाधि हात पारेसँगै मछिन्द्रले ट्रफीसहित ६ लाख रुपैयाँ नगद पाएको छ ।

सुरुवाती खेलको तेस्रो मिनेटमा पाएको पेनाल्टी गोल नै मच्छिन्द्रको जीतमा निर्णायक बन्यो ।

फाइनल खेलको ‘म्यान अफ दि म्याच’ मच्छिन्द्रका देवेन्द्र तामाङ भए । उनले नगद १० हजार पाए ।

प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्ट थ्रि–स्टारका कप्तान विक्रम लामा भए । उनले नगद ५० हजार प्राप्त गरे ।

हाई–स्कोरर थ्रि–स्टारकै सञ्जोग राई भए । प्रतियोगिताभरि २ गोल गरेका उनले नगद २५ हजार पाए ।

प्रतियोगिताको उत्कृष्ट गोल किपर विजेता टिमका विशाल श्रेष्ठ, बेस्ट डिफेन्स मच्छिन्द्रका पिटर सेगुन, बेस्ट मिडफिल्ड थ्रि–स्टारका रुपेश केसी, बेस्ट फरवाड मच्छिन्द्रका रेजिन सुब्बा र बेस्ट कोच विजेता टिमका प्रवेश कटवाल घोषित भए ।
उनीहरुले जनही २० हजार रुपैयाँ पाए ।

उदयीमान खेलाडीका रुपमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबका सञ्जीत राईलाई नगद २० हजार रुपैयाँ प्रदान गरियो ।

– विनोद सापकोटाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment