Comments Add Comment

न्युजिल्याण्डसँग भारत १० विकेटले पराजित

काठमाडौं । फास्ट बलरले सानदार प्रदर्शन गर्दा घरेलु टोली न्युजिल्याण्डले भारतविरुद्धको पहिलो टेष्ट १० विकेटले जितेको छ ।

दोस्रो इनिङ्समा भारतलाई १९१ रनमै अलआउट गरेपछि जम्मा ९ रनको लक्ष्य पाएको न्युजिल्याण्डले दोस्रो इनिङ्समा १.४ ओभर खेल्दै विकेट नगुमाई लक्ष्य पूरा गरेको हो ।

न्युजिल्याण्डले २ खेलको सिरिजमा १–० को अग्रतासमेत लिएको छ । टेष्ट च्याम्पियनसिपमा भारतको यो पहिलो हार र न्युजिल्याण्डको एक सयौं टेष्ट जित हो ।

सोमबार भारतले १४४.४ बाट चौथो दिनको खेलअगाडि बढाएको थियो । तर ४७ रन थप्दा ६ विकेट गुमायो । अजिन्क्या रहाने ४ रन थप्दै २९ रनमा आउट भए भने हनुमान बिहारी १५ रनमै आउट भए । त्यसपछि भारतको निरन्तर विकेट गयो । रिषव पन्त २५, रविचन्द्रन आश्विन ४, इशान्त शर्मा १२ रनमा आउट भए भने जसप्रित बुमराहले खाता खोल्न सकेनन् ।

भारतलाई अलआउट गर्न न्युजिल्यान्डका लागि टिम साउथीले ५ तथा ट्रेन्ट बोल्टले ४ विकेट लिए ।

वेलिङ्टनमा भएको खेलमा भारत पहिलो इनिङ्समा १६५ रनमा अलआउट भएको थियो भने न्युजिल्याण्डले पहिलो इनिङ्समा ३४८ रन बनाएको थियो ।

९ विकेट लिएका टिम साउदी खेलको म्यान अफ दि म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment