+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अनशनरत वडाध्यक्ष पौडेल अस्पताल भर्ना

रासस रासस
२०७६ फागुन १२ गते ११:४५

१२ फागुन, चितवन । छ दिनदेखि आमरण अनशन बसेका माडी नगरपालिका-१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशनमा बसेका थिए ।

अनशनका क्रममा उनको स्वास्थ्य जटिल बन्दै गएपछि आइतबार भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीसहितको टोलीले परीक्षण गरेको थियो । परीक्षणका क्रममा उनको शरीरमा अक्सिजनको मात्रा घट्दै गएको र मुटुको चाल बढ्दै देखिएको थियो ।

वडाध्यक्ष पौडेलको स्वास्थ्य गम्भीर बनेपछि सोमबार बिहान भरतपुर अस्पतालमा ल्याइ सघन उपचार कक्षमा उपचार भइरहेको डा तिवारीले जानकारी दिए ।

यसैबीच अनशनरत पौडेलको माग सुनुवाइ नभएको भन्दै स्थानीयले सोमबार माडी बन्द गराएका छन् । माडी हुँदै सदरमुकाम चल्ने सवारीसाधन र त्यहाँका बजार ठप्प भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) नियमावली २०७६ पुन संशोधन हुनुपर्ने, बाँदरझुला साथै अमिलियाको उचित व्यवस्था गरिनुपर्ने, मानव वन्यजन्तु द्वन्द्व निवारणमा वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने र उत्तरी सिमानामा पर्ने रिउ खोला कोरिडोरको निर्माण व्यवस्थित गरिनुपर्ने माग रहेका छन् ।

यस्तै लागत तथा उत्पादनको आधारमा बालीको क्षतीपूर्तिको व्यवस्था गरिनुपर्ने, कसरादेखि वनकट्टा साथै बगहीदेखि बाँदरझुलासम्म बाटो पूर्णरुपमा स्तरोन्नति गरी चौबिसै घण्टा आवतजावतको व्यवस्था गरिनुपर्ने, माडी नगरपालिकालाई कृषि, पर्यटनको केन्द्रका रुपमा विकास गर्न विशेष योजना ल्याइनुपर्ने, प्राकृतिक स्रोत साधनमा पूर्णरुपमा स्थानीय निकायको अधिकार हुनुपर्ने माग वडाध्यक्ष पौडेलको रहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?