+
+

ओमानी क्रिकेट खेलाडी युसुफलाई ७ वर्ष प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १२ गते १२:३४

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओमानका क्रिकेटर युसुफ अब्दुलरहिम अल बालुसीलाई ७ वर्षको प्रतिबन्ध लगाएको छ ।

आइसीसीको भ्रष्टाचार विरोधी नियम उलंघन गरेको भन्दै आइसीसीले बलुसीलाई ७ वर्षको प्रतिबन्ध लगाएको हो ।

बालुसीले चार वटा नियम उल्लघंन गरेको र त्यो उनले स्वीकार गरेको आइसीसीले जनाएको छ ।

दुवईमा सन् २०१९ मा भएको इसीसी टी-२० क्वालिफायरमा बालुसीले भ्रष्टाचार विरोधी नियम उलंघन गरेका थिए ।

आइसीसीले उनलाई गत जनवरीमै निलम्बन गरेको थियो । त्यसपछि आइसीसीले थप अनुसन्धानबाट उनलाई ७ वर्षको प्रतिबन्ध लगाएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?