Comments Add Comment

एप्पलले ल्याउँदैछ सस्तो एयरपड्स

एप्पलले गत मार्च महिनामा आफ्नो वायरलेस एयरबडको रुपमा एयरपड्स प्रो लञ्च गरेको थियो ।

एयरपड्स प्रोमा एक्टिभ न्वाइज क्यान्सिलेसन फिचरलगायतका कैयन् अत्याधुनिक फिचरहरु उपलब्ध छन् । निकै नै उत्कृष्ट भएता पनि चर्को मूल्यका कारण एप्पलका धेरै फ्यानहरु यो एयरपड्स किन्न हच्किनु परेको छ । यहीँ यथार्थलाई मध्यनजर गर्दै एप्पलले सस्तो मूल्यको एयरपड्स ल्याउने भएको छ ।

समाचार अनुसार एप्पलले एयरपड्स प्रोको सस्तो भर्सनका रुपमा एयरपड्स लाइट बजारमा ल्याउने तयारी ग्रेको छ ।

सस्तो मूल्यको एयरपड्सका अलावा एप्पलले सस्तो मूल्यका आइफोन पनि ल्याउने तयारी गरेको बताइएको छ । समाचार अनुसार आइफोन एसइ टू नामबाट एप्पलले सुपथ मूल्यको आइफोन लञ्च गर्नेछ ।

कतिपयले सस्तो मूल्यको आइफोनको नाम आइफोन नाइनसमेत हुनसक्ने बताइरहेका छन् । आउँदो महिना एप्पलले ल्याउने उक्त फोन सस्तो आइफोनको मूल्य ३ सय ९९ डलर हुने बताइएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment