+
+

श्रीमती र सालीलाई कास्टिक सोडा प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १२ गते २०:२९

१२ फागुन, काठमाडौं । श्रीमती र सालीलाई कास्टिक सोडा प्रहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका – ५ घर भई काठमाडौं बस्ने शिव रम्तेलले श्रीमती सुनीता र साली विमला नेपालीमाथि आइतबार कास्टिक सोडा प्रहार गरेका हुन् ।

घरायसी झगडामा पत्नीलाई शौचालयको जाम खुलाउन प्रयोग हुने कास्टिक सोडा प्रहार गरेका उनले रोक्न खोज्ने सालीलाई पनि कास्टिक सोडा हानेका प्रहरीले जनाएको छ ।

कास्टिक सोडा प्रहारबाट सुनीताको टाउकोमा र विमलाको आँखामा चोट लागेको छ । घाइतेको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?