Comments Add Comment

मानेकाे निर्णायक गाेलमा लिभरपुलकाे कीर्तिमानी जित, उपाधिबाट चार जित टाढा

१३ फागुन, काठमाडौं । लिग लिडर लिभरपुलले प्रियिमर लिगमा कीर्तिमानी जित हात पार्दै उपाधि हाेड बनाएकाे छ । साडियाे मानेले गरेकाे निर्णायक गाेलमा लिभरपुलले सोमबार राति वेस्टह्यामलाई ३-२ ले पराजित गरेकाे हाे ।

यस सिजन अपराजित रहेकाे लिभरपुलकाे याे लगातार १८ औं जित हाे । लिभरपुलले म्यान्चेष्टर सिटीले कायम गरेको लगातार १८ जितको कीर्तिमान बराबरी गरेको हो ।
सिटीले सन् २०१७ को अगष्टदेखि डिसेम्बरसम्म सिटीले १८ खेलमा लगातार जित निकालेर कीर्तिमान कायम गरेको थियो ।

लिभरपुलले गत अक्टोबरमा म्यान्चेष्टर युनाईटेडसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेयता लगातार १८ खेल जितेकाे हाे ।

जर्जिन्हो विजनाल्डमले खेलको नवौ मिनेटमा गाेल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि वेस्ट ह्यामका इस्सा डिपले गोल गर्दै खेल बराबरीमा ल्याए ।

५७ औं मिनेटमा पाब्लो फोर्नाल्सको गोल गरेपछि वेस्ट ह्यामले खेलमा २-१ काे अग्रता बनायाे । ६८ औं मिनेटमा मोहमद सलाहाले खेल बराबरीमा ल्याए । खेलको ८१ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ३-२ काे जित दिलाए ।

यस जितपछि लिभरपुलले लिगमा २२ अंकको अग्रता कायम गरेकाे छ । २७ खेलबाट लिभरपुलकाे ७९ अंक छ । समान खेलबाट ५७ अंकसहित साविक विजेता म्यानचेष्टर सिटी दाेस्राेमा छ । लिभरपुललाई अब उपाधि जित्न बाँकी ११ खेलमध्ये ४ खेल मात्र जितेपछि पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment