Comments Add Comment

शिल्पा र राजको घरमा छोरीको आगमन

नायिका शिल्पा सेट्टी र उनका पति राज कुन्द्राले छोरीलाई घर ल्याएका छन् । उनीहरुले छोरीको नाम समेत राखिसकेका छन्, समिषा । छोरीलाई घर ल्याएसँगै उनीहरुले साथीहरुका लागि भव्य पार्टीको आयोजना समेत गरेका छन् । शिल्पा र राज दोश्रो पटक माता–पिता बनेका हुन् । शिल्पाले आफ्नो इन्स्टाग्राममा शेयर गरेको तस्वीरमा उनले घरलाई पुरै सजाएकी छिन् ।

शिल्पा र राजकी छोरी समिषाको जन्म फ्रेवुअरी १५ मा भएको थियो । तर, उनीहरुले यसको जानकारी फ्रेवुअरी २१ मा मात्र मिडियालाई दिएका थिए । शिल्पाका अनुसार, उनीहरु विगत ५ बर्षदेखि सन्तानका लागि प्रयास गरिरहेका थिए । उनीहरु सधै नै एक छोरीको चाहनामा थिए ।

२१ बर्ष अगाडि नै आफूले छोरीको नाम सोचेको शिल्पाले मिडियासँग कुराकानी गर्दै बताएकी छिन् । समिषाको जन्म सरोगेसीको माध्यमबाट भएको हो । उनीहरुको वियान नाम गरेका छोरा छन् ।
शिल्पा र राजले सन् २००९ मा बिहे गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment