Comments Add Comment

केभिन ओ’ब्रायनले फेरि काठमाडौंबाट इपीएल खेल्ने

काठमाडौं । आइरिस क्रिकेट केभिन ओ’ब्रायनले यस सिजनको एभरेष्ट प्रिमियर  लिग इपीएल टी-२० पनि काठमाडौं किंग्स ११ बाट खेल्ने भएका छन् ।

काठमाडौंले ओ’ब्रायनलाई यस सिजनको पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । गत सिजन पनि उनले काठमाडौंबाटै खेलेका थिए ।  उनले ७ खेलमा ९ विकेट लिएका थिए । यस्तै ब्याटिङमा १५४ रन बनाएका थिए ।

केभिन ओ’ब्रायनले सन् २००६ मा आयरल्याण्डको टिममा डेब्यु गरेयता ३ ओडीआई विश्वकप, ५ टी-२० विश्वकप खेलिसकेका छन् ।

आयरल्याण्डका लागि उनले ३ टेष्ट, १४५ ओडीआई र ९३ टी-२० खेलिसकेका छन् । उनी तीनवटै फर्म्याटमा शतक प्रहार गर्ने पहिलो आइरिस खेलाडी समेत हुन् ।

‘केभिन ओ’ब्रायन विश्व स्तरीयल खेलाडी हुन् । मैदानभित्र र बाहिर उनको नेतृत्वदायी क्षमताले गर्दा उनी टिमको महत्वपूर्ण सदस्य बनेका छन् । केभिन काडमाडौंको लागि फेरि खेल्न उत्सहित छन् ।’ काठमाडौं किंग्स ११ का सिइओ राजजंग थापाले विज्ञप्तीमा भनेका छन् ।

आयरल्याण्डको लागि टेष्टमा शतक प्रहार गर्ने पहिलो खेलाडी समेत रहेका ओ’ब्रायनले २०११ को विश्वकपमा इंग्ल्याण्ड विरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै जित दिलाएका थिए । उनकै शतक मद्दतमा आयरल्याण्डले इंग्ल्याण्ड विरुद्ध ३२८ रनको लक्ष्य पूरा गरेको थियो ।

काठमाडौंले यस सिजन प्लेअर ट्रेडमार्फत सोमपाल कामीलाई चितवन टाइगर्स पठाउँदै त्यहाँ दीपेन्द्र सिंह ऐरीलाई भित्र्याएको छ। यस्तै सन्दीप लामिछानेलाई पनि ट्रेडमार्फत साविक विजेता ललितपुर प्याट्रिट्सबाट भित्र्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment