Comments Add Comment

मासिक श्राव भएको कति दिनअघि र पछि प्रेग्नेन्सी जाँच गर्ने ?

पीरियड अर्थात मासिक श्राव एक निश्चित अवधीमा हुने गर्छ । कसैलाई २८ दिनमा त कसैलाई ३२ दिनमा पनि मासिक श्राव हुनसक्छ । २८ देखि ३२ सम्मको समयावधीलाई सामान्य मानिन्छ ।

तर, जब नियमित रुपमा भइरहेको मासिक श्राव निश्चित समय हुँदैन, हामीमा अनेक आशंका उब्जन्छ । पहिलो आशंका, कतै गर्भ त रहेन ?

खासगरी बिवाहित महिलामा यस्तो प्रश्न उब्जन सक्छ, जो नियमित सहवासमा हुन्छिन् । यससँगै उनीहरुको मनमा अर्को प्रश्न आउँछ, मासिक श्राव भएको कति दिनपछि गर्भ रहन्छ ? गर्भवती भएको कसरी थाहा पाउने ? महिनावरीको कति दिनपछि वा अघि प्रेगनेन्सी टेस्ट गर्ने ?

पीरियडअघि प्रेगनेन्सीबारे कसरी थाहा पाउने ?

–     पीरियड मिस हुनसाथ गर्भ रह्यो वा रहेन भनेर स्पष्ट हुनका लागि बजारमा केहि किसिमका प्रेग्नेन्सी टेस्ट किट पाइन्छ । यसको माध्यामबाट पीरियडअघिको प्रेगनेन्सी थाहा हुन्छ ।

–     प्रेग्नेन्सी टेस्टका लागि सही समय चाहिन्छ । यदि समयभन्दा अगाडि नै टेस्ट गरियो भने त्यसको नतिजा गलत पनि आउनसक्छ ।

–     पेगनेन्सी टेस्ट किटबाट पीरियड मिस भएको पाँच दिन पछि महिलामा गर्भ रहेको वा नरहेको थाहा पाउन सकिन्छ । त्यसबेला आएको नतिजा सही हुनसक्छ ।

–     गर्भ रहेको लक्षण देखियो भने मासिक श्राव हुनुअघि नै प्रेगनेन्सी टेस्ट गर्न सकिन्छ । यदि रिजल्ट नेगेटिभ आयो भने मासिक श्राव मिस भएपछि प्रेगनेन्सी टेस्ट गरौं ।

मासिक श्राव भएको कति दिनपछि जाँच गर्ने ?

–     जब महिला प्रेग्नेन्ट हुन्छ, तब उनको शरीरमा एचसिजी हर्मोन बढ्छ । यहि हर्मोनको आधारमा महिला गर्भवती भएको थाहा हुन्छ ।

–     पीरियड मिस भएपछि पहिलो दिन महिलाको शरीरमा यस हर्मोनको मात्र यति धेरै बढ्छ कि, प्रेग्नेन्सी टेस्ट गर्न सकिन्छ ।

–     प्रेग्नेन्सीको सटीक जानकारी पाउनका लागि पीरियड लेट भएको केहि दिनसम्म पर्खनुपर्ने हुन्छ ।

–     सही रिजल्ट पाउनका लागि पीरियड मिस भएको पाँच वा १० दिनमा प्रेग्नेन्सी टेस्ट गर्नुपर्छ ।

पीरियडपछि प्रेग्नेन्ट हुने सही समय

–     मासिक स्राव भइसकेपछिको समय गर्भवती हुने सही समय हो ।

–     यदि पीरियड पाँच दिनसम्म चल्यो र त्यसपछि तुरुन्तै पार्टनरसँग सम्बन्ध भयो भने, गर्भ रहने संभावना बढी हुन्छ ।

–     मासिक श्राव सकिएको ११ दिनपछि पनि शारीरिक सम्पर्क भयो भने गर्भ रहने संभावना हुन्छ ।

–     पीरियड सुरु हुनुअघि लगभग १२ देखि १४ दिनअघि ओभ्युलेशनको समय हुन्छ, जो पीरियडको सात दिनअघिसम्म रहन सक्छ । यस अवधीमा यदि शारीरिक सम्पर्क भयो भने गर्भ रहने अधिक संभावना हुन्छ ।

पीरियड्स मिस हुनसाथ प्रेगनेन्सीको पहिलो लक्षण के हो ?

–     स्तनमा भारीपन महसुष हुनु ।

–     बढी थकान अनुभव ।

–     वान्ता हुनु ।

–     धेरै पिसाब आउनु, कब्जियत हुनु ।

–     पेटमा ग्यास हुनु, छातीमा जलन हुनु ।

–     मुखको स्वाद बिग्रनु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment