Comments Add Comment

भुवन केसीले ‘पारस’ बनाउने पक्का, पछि सर्यो ‘एन्टी हिरो’

अन्ततः समयको छलफलपछि निर्माताबाट निर्देशक बन्न लागेका माधव वाग्ले र निर्माता भूवन केसीविच ‘पारस’को निर्माणको बिषयमा सहमती भएको छ । अब, यो चलचित्र दि सुपर काजोल फिल्म्सको ब्यानरमा बन्नेछ । चलचित्रलाई माधव वाग्लेले निर्देशन गर्नेछन् । प्रदिप भारद्धाजको कथामा यो चलचित्र बन्नेछ ।

चलचित्रको शिर्ष भूमिकामा नायक अनमोल केसीले काम गर्नेछन् । नायक अनमोल केसी चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनमा केही दिनपछि व्यस्त हुँदैछन् ।

उनले, यसपछि चलचित्र ‘पारस’मा काम गर्नेछन् । चलचित्रको बिषयमा भूवनले भने–‘अब, चलचित्रलाई दि सुपर काजोल फिल्मस्ले निर्माण गर्ने पक्का भएको छ । नायिकाको बिषयमा हामी केही दिनमै खबर सार्वजनिक गर्नेछौ ।’

अनमोल र भूवन दुवैले चलचित्र ‘पारस’को कथा मन पराएका थिए । अब, चलचित्र ‘एन्टी हिरो’ ‘पारस’पछि मात्र बन्नेछ । वुझिएअनुसार, चलचित्र ‘एन्टी हिरो’मा काम गर्ने पक्का गरेकी नायिका जसिता गुरुङले अब चलचित्र ‘पारस’मा काम गर्नेछिन् । तर, यो बिषयमा निर्माणपक्षले केही पनि बताएको छैन । चलचित्रको छायांकन वैशाखबाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment