+
+
Shares

अवार्डमा बोल्नका लागि ५ बर्षदेखि तयारी गरिरहेको थिएँः अनन्या

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १४ गते १२:३०

बलिउड नायिका अनन्या पाण्डेको भाग्य चम्किएको छ भन्दा फरक नपर्ला । अनन्याको हातमा अहिले चलचित्रको लाइन लागेको छ । बलिउडका ठूला ब्यानरसँग उनी टाइअप गरिरहेकी छिन् । बलिउडमा प्रवेश गरेको छोटो समयमा नै उनले जुन खालको सफलता पाएकी छिन्, यो लोभलाग्दो छ ।

उनै, अनन्याले यो बर्ष आयोजना भएको ‘फिल्म फेयर अवार्ड’मा उत्कृष्ट नव–नायिका विधामा अवार्ड प्राप्त गरिन् । अनन्या यो पल जीन्दगीको सबैभन्दा मिठो पल रहेको बताउँछिन् ।

तर, उनले ‘फिल्म फेयर’मा स्पिचका लागि आफूले ५ बर्षदेखि तयारी गरिरहेको समेत सुनाएकी छिन् । मिडिया कुराकानीमा उनले भनेकी छिन्–‘जब म ५ बर्षकी थिएँ, सोही समयदेखि नै मैले यसको तयारी गरेकी थिएँ । म पानीको बोत्तल लिएर ऐना अगाडि उभिदै बोल्न सिकिरहेकी थिएँ ।’

तर, अवार्ड पाएर स्टेजमा पुगेपछि भने आफूले सबै कुरा विर्सिएको अनन्याले बताएकी छिन् । उनले भनेकी छिन्–‘फिल्म फेयर अवार्ड जित्नु मेरा लागि निकै नै ठूलो कुरा हो । मेरो ममी र बुबा पनि अवार्ड समारोहमा उपस्थित हुनुहुन्थ्यो । तर, मैले अवार्ड घरमा पुगेपछि मात्र उहाँहरुलाई दिएको थिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?