Comments Add Comment

राष्ट्रसंघको फोर्स कमाण्डरमा नेपाली सेनाका हमाल नियुक्त

१४ फागुन ,काठमाडौं । संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डरमा नेपाली सेनाका उपरथी ईश्वर हमाल नियुक्त भएका छन् । राष्ट्रसंघका महासचिव एन्टिनिओ गुटरेसले हमाललाई फोर्स कमाण्डर नियुक्त गरेका हुन् ।

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा कार्यरत ४० देशका सैनिकहरुबीचको प्रतिस्पर्धाबाट हमाल कमाण्डर चयन भएका हुन् ।

राष्ट्रसंघले सोमबार नै हमालको नाम चयन गरेको थियो तर अग्रिमो आउन विलम्ब भएकाले केही दिन ढिलोमात्र औपचारिकरुपमा सार्वजनिक भएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

फोर्स कमाण्डरको नेतृत्वमा पुग्ने हमाल नेपाली सेनाका सातौं अधिकारी हुन् । यसअघि हालका प्रधानसेनापति पूर्णचन्द्र थापा, बालानन्द शर्मालगायतले पनि यसको नेतृत्व गरेका थिए ।

संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गतको करिब २ हजार बढी फोर्स कमाण्डरहरु इजरायल र सिरियाको सीमा क्षेत्र गोलनहाइट्समा खटिन्छन् ।

यसअघि नेपाली सेनाकै रथी शिवराम खरेल यो फोर्सको कार्यवाहक प्रमुख थिए । खरेलले सन् २०१९ को जुन महिनादेखि अक्टुबरसम्म काम गरे । महासचिव गुटरेसले यो अवधिसम्म कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको भन्दै खरेललाई धन्यवाद ज्ञापन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment