+
+

बाहिरियो न्यून चापीय प्रणाली, आजैबाट मौसम सुध्रिने अनुमान

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १५ गते ९:५३

१५ फागुन, काठमाडौं । केही दिनदेखिको बदली र वर्षा रोकिएर आजबाट मौसम सुधारिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनअघि भित्रएको न्यून चापीय प्रणालीले देशका विभिन्न भागमा बदली र वर्षा भएको थियो । तर यो प्रणाली बुधबार बेलुकाबाट बाहिरिएकाले आजबाट मौसम सुधार हुने मौसमविदले जनाएका छन् ।

मौसमविद्का अनुसार, बिहीबार बिहान उपत्यकामा बादल देखिए पनि दिउँसो खुल्ला भई घाम लाग्ने छ । राति देशको मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

शुक्रबार देशभर मौसम सामान्यतया सफा रहनेछ भने अपराह्नपश्चात देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबारबाट फेरि अर्को नयाँ मौसमी प्रणाली विकसित हुने भएकाले देशको पश्चिमी भू–भागलगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?